दोस्रो त्रैमासमा चीनमा स्मार्टफोन बिक्री १७ प्रतिशतले घट्यो: रिपोर्ट

Technology Khabar १५ श्रावण २०७८, शुक्रबार

दोस्रो त्रैमासमा चीनमा स्मार्टफोन बिक्री १७ प्रतिशतले घट्यो: रिपोर्ट

काठमाडौं ।

क्यानालिसिसले अद्यावधिक गरेको पछिल्लो रिपोर्ट अनुसार अप्रिलदेखि जुनसम्म अर्थात् दोस्रो त्रैमासमा चिनियाँ स्मार्टफोनको जम्मा बिक्री संख्या ७ करोड ४९ लाख पुगेको छ।

यो आँकडा गत वर्षको सोही अवधिमा भएको ९ करोड ७० लाख थानभन्दा १७ प्रतिशतले कम हो। ह्वावे उत्कृष्ट पाँच स्मार्टफोन ब्रान्डमा नभएकाले पनि यो आँकडा खस्किएको हुन सक्ने बुझिएको छ।

दोस्रो त्रैमासको यो आँकडामा लागि भने १ करोड ८२ लाख थान बिक्री र २४ प्रतिशत बजार हिस्सासहित भिभो अग्रस्थानमा रहेको छ। त्यस्तै १ करोड ६० थान बिक्री र २१ प्रतिशत बजार हिस्सासहित ओपो दोस्रो स्थानमा तथा १ करोड २६ लाख थान बिक्री र १७ प्रतिशत बजार हिस्सासहित शाओमी तेस्रो स्थानमा रहेको छ।

यसैगरी एप्पलले ७९ लाख बिक्री गर्दै १० प्रतिशतब जार हिस्सा ओगटेर चोथो स्थानमा परेको छ भने यो सूचीको पाँचो स्थानमा अनर आइपुगेको छ जसले समग्रमा ६९ लाख थान स्मार्टफोन बिक्री गरेर ९ प्रतिशत बजार हिस्सा आफ्नो बनाएको छ।

easy care

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार