यी हुन् सरकारले इन्नोभेटिभ इन्डस्ट्रि अवार्डबाट सम्मान गरेका तीनवटा स्टार्टअप उद्यमहरु

Technology Khabar १३ श्रावण २०७८, बुधबार

यी हुन् सरकारले इन्नोभेटिभ इन्डस्ट्रि अवार्डबाट सम्मान गरेका तीनवटा स्टार्टअप उद्यमहरु

काठमाडौं ।

सरकारले गत आवको बजेटअनुसार तीनवटा स्टार्टअप उद्यमीहरुलाई सम्मान गरेको छ। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्नोभेसन इण्डष्ट्रि अवार्ड २०७७ बाट लिफ प्लस प्रालि, नेपाल्ज ह्यान्डीक्राफ्ट इण्डष्ट्रिज, र अनुग्रह ह्यान्डीक्राफ्ट लाई सम्मान गरेको हो ।

उद्योग सचिव अर्जुन पोखरेलले उद्योगीहरुलाई मंगलबार एक कार्यक्रमबाबिच इन्नोभेटिभ इन्डस्ट्रि अवार्ड २०७७ बाट सम्मान गरेका हुन्।

लिफ प्लस प्रालिले खेर गइरहेका सुपारीका पातबाट विभिन्न आकारमा नयाँ बायोडिग्रेबल प्लेटहरुको उत्पादन गर्दै आएको छ। यस कम्पनीले उत्पादनहरु जर्मनी, नेदरल्याण्ड र अष्ट्रेलियामा निर्यात गर्दै आएको बताएको छ।

नेपाल्ज ह्यान्डीक्राफ्ट इण्डष्ट्रिजले अनस्याचुरेटेड पोलिष्टरलाई मूर्तिमा धातुको जलप लगाएर नयाँ बनाई बिक्री गर्दै आएको छ।

त्यस्तै अनुग्रह ह्यान्डीक्राफ्टले ढाकाका नयाँ डिजाइनका हातबुना कलात्मक साडी, कुर्ता, सल, टोपी, ब्याग, रुमाल लगायतका सामग्रीहरु उत्पादन गर्दै आएको छ । सो उद्योगले महिला तथा रोजगारीमा टेवा पुर्याउँदै आएको उल्लेख छ ।

सम्मान कार्यक्रममा सचिव पोखरेलले मन्त्रालयले विभिन्न उद्योगहरुलाई खोज, अनुसन्धान, आविश्कार र नवप्रवर्तनका क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा सम्मान र प्रोत्साहन गर्ने कार्यमा मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गर्दै आगामी दिनमा पनि उद्योगीहरुलाई थप सम्मानित र पुरस्कृत गर्दै लगिने बताए।

उनले आगामी दिनमा पनि नवप्रवर्तनकारी उद्यमशिलतामार्फत उत्पादन र उत्पादकत्व वृद्धि र बिबिधिकरण गर्ने अपेक्षा गरे ।

easy care

प्रकाशित: १३ श्रावण २०७८, बुधबार