बाइडेनद्वारा गुगलका आलोचक जोनाथन कान्टरलाई न्याय विभागको एन्टिट्रस्ट डिपार्टमेन्ट हाँक्ने जिम्मेवारी

Technology Khabar ६ श्रावण २०७८, बुधबार

बाइडेनद्वारा गुगलका आलोचक जोनाथन कान्टरलाई न्याय विभागको एन्टिट्रस्ट डिपार्टमेन्ट हाँक्ने जिम्मेवारी

काठमाडौं ।

अमेरिकी राष्ट्रपति जोन बाइडेनले गुगलका आलोचक जोनाथन कान्टरलाई मंगलबार न्याव विभागको एन्टिट्रस्ट डिभिजनको प्रमुखमा नियुक्त गरेका छन्।

यो छनोटले फेसबुक, गुगल, ट्विटरजस्ता ठूला प्रविधि कम्पनीहरुलई अझ चुनोती थपिने देखिएको छ।

जोनाथन कान्टर

यसैबीच उनले लिना खानलाई फेडरल ट्रेड कमिशन अर्थात् संघीय व्यापार आयोगको प्रमुखमा मनोनित गरेका छन्।

खानले धेरै अघिदेखि प्रविधि क्षेत्रसँग सम्बन्धित यथास्थितिवादी एन्टिट्रस्ट खाकाको विरोध गर्दै आइरहेकी छिन्। न्याय विभागले अवैध एकाधिकार गर्न खोज्नेलाई कानूनी कारबाही गर्ने तथा प्रतिस्पर्धाविरोधी मर्जरहरु रोक्ने दिशामा जान खोजेमा खान तथा कान्टरको एफटीसी र एन्टिट्रस्ट डिभिजनमा हुने पद तथा भूमिका निकै महत्वपूर्ण हुने बुझिएको छ।

ब्लूमबर्गका अनुसार कान्टर यसअघि गुगलको प्रतिस्पर्धाविरोधी व्यवहार तथा येल्प र माइक्रोसफ्ट विरुद्धको उजुरीहरुमा सामेल थिए।

पोलिटिकोका अनुसार यो अवस्थामा गुगलले उनलाई न्याय विभागले हालेको एन्टिट्रस्ट मुद्दा मिलाइदिन आग्रह गर्न सक्ने बुझिएको छ।

उनले यसअघि अमेजन, मास्टरकार्ड तथा उबरलाई प्रतिनिधित्व गर्ने एउटा संस्थामा एन्टिट्रस्ट सम्बन्धमा काम गरिसकेका छन्।

लिना खान

यस्तोमा ती संस्थाहरुले पनि आफ्ना मुद्दा फिर्ता लिइदिन आग्रह गर्न सक्ने सम्भावना छ।

उता खानले भने हालै अमेजन तथा फेसबुकका विरुद्ध बहसका लागि जान तयार भएर पछि बहसबाट हात झिकेकी थिइन्। दुवै कम्पनीले उनका विगतका टिका-टिप्पणीका आधामा उनलाई एन्टिट्रस्ट मुद्दामा बहस गर्नबाट हटाउनुपर्ने माग गरेपछि उनी हटेकी थिइन्।

easy care

प्रकाशित: ६ श्रावण २०७८, बुधबार

ताजा समाचार