सानिमा बैंकले मोबाईल बैकिङ एपबाट रेमिट्यान्स सेवा प्रदान गर्ने

Technology Khabar १८ जेष्ठ २०७८, मंगलवार

सानिमा बैंकले मोबाईल बैकिङ एपबाट रेमिट्यान्स सेवा प्रदान गर्ने

काठमाडौं ।

सानिमा बैंकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई-बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यस अन्तर्गत सानिमा बैंकको मोबाइल बैकिङ्ग एपमा सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) थप गरिएको छ ।

यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सिधै मोबाईल बैकिङ्ग एपबाट पठाउन सक्नेछन् ।

ग्राहकले रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको “सेन्ड रेमिट्यान्स” मार्फत सिधै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुई सुविधा मध्ये एक रोज्न सक्नेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको “रिसिभ रेमिट्यान्स” प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैंक खातामा संकलन वा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरु मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् । सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई-बैकिङ्गको वेभ भर्सनमा पनि उपलब्ध छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटिएम संचालनमा रहेका छन् ।

easy care

प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार