एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै पाईने

Technology Khabar ११ जेष्ठ २०७८, मंगलवार

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै पाईने
Classic Tech

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ।

वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको कम्पनीले बताएको छ।

आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने छ।

बैंकको देशभरीका १८१ शाखाहरुमा यो योजना सञ्चालनमा छ।

बैंकले शाखाहरु साथै देशभरीका १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

TK Viber

प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार

Loading...