रियलमीको स्मार्ट ग्याजेट डिभिजनले ‘डी’ बाट नाम आउने नयाँ ब्राण्ड शुरु गर्ने

Technology Khabar ४ जेष्ठ २०७८, मंगलवार

रियलमीको स्मार्ट ग्याजेट डिभिजनले ‘डी’  बाट नाम आउने नयाँ ब्राण्ड शुरु गर्ने

काठमाडौं ।

रियलमीको स्मार्ट ग्याजेट डिभिजन टेकलाइफले छिट्टै नयाँ ब्राण्ड शुरु गर्ने भएको छ।

कम्पनी तथा कम्पनीका सीईओ माधव शेठले उक्त नयाँ ब्राण्डको नाम अंग्रेजी अक्षर ‘डी’ बाट शुरु हुने बताएका छन्। तर कम्पनीले आफ्नै नयाँ ब्राण्डको विकास गर्ने वा कुनै चलिरहेको ब्राण्डलाई टेकलाइफ अन्तर्गत समाहित गराउने भन्ने खुलेको छैन।

तर जेसुकै भए पनि उक्त नयाँ ब्राण्डले आफ्नै उत्पादनहरु ल्याउदै जाने बुझिएको छ। यसका बारेमा पूर्ण जानकारी भने आगामी मे २५ का दिन एउटा इभेन्ट मार्फत् गरिने बुझिएको छ। तर त्यसअघि नै अन्य थुप्रै झलकहरु देख्न पाइने अपेक्षा गर्न सकिन्छ।

रियलमीले यस वर्ष १ सयभन्दा धेरै एआईओटी उत्पादनहरु सार्वजनिक गर्ने योजना बनाएको छ।

‘एआईओटी व्यापार वृद्धिमा छलाङ लगाउने अर्को साधन हो र हामी भारतका डेढ करोड एआईओटी प्रयोगकर्ताका माझ अडियो, वेयरेबल तथा स्मार्ट टीभी ब्राण्डमा पहिलो नम्बरमा उभिने योजनामा छाैं। साथै रियलमी तथा साझेदार ब्राण्डका उत्पादनका साथमा रियलमी टेकलाइफ इको प्लेटफर्म निर्माण गर्ने हाम्रो अभीष्ट हो’, शेठले अन्तरवार्ताका क्रममा भनेका छन्।

easy care

प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार

ताजा समाचार