यी हुन् नेपाल टेलिकमको भीओएलटीई सेवा सपोर्ट गर्ने मोबाइल सेटहरु, तपाईँसँग कुन छ ?

Technology Khabar ३ जेष्ठ २०७८, सोमबार

यी हुन् नेपाल टेलिकमको भीओएलटीई सेवा सपोर्ट गर्ने मोबाइल सेटहरु, तपाईँसँग कुन छ ?

काठमाडौं ।

नेपाल टेलिकमले आजदेखि चौथो पुस्ताको फोरजीमा एलटिई प्रविधि अन्तर्गत भीओएलटीई सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसर पारेर प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको परीक्षण शुरुवात गरेको हो ।

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिनेछ ।

तर धेरै मानिसहरुलाई यो सेवा कुन कुन फोनहरुमा चल्न सक्छ भन्ने जानकारी छैन् ।

नेपाल टेलिकमले भीओएलटीई सपोर्ट गर्ने मोबाइलहरुको सूची समेत सार्वजनिक गरेको छ । जसमा सामसङ शाओमी र नोकियाका फोनहरु रहेका छन् ।

सूचीअनुसार सबैभन्दा धेरै सामसङका डिभाइसहरुले भीओएलटीई सपोर्ट गर्ने देखिएको छ । त्यसपछि भने शाओमी र नोकियाका केहि सेटहरु मात्र रहेका छन् ।

यस बाहेकका मोबाइल ब्राण्डका अन्य सेटहरुमा भने टेलिकमको भीओएलटीई सेवा सपोर्ट नगर्ने बताईएको छ ।

तर टेलिकमले यस बाहेकका सेटहरु हुने ग्राहकहरुलाई नआत्तिन र त्यसको लागि मोबाइल फोन आपूर्तिकर्ता कम्पनीहरुसँग कुरा गरिरहेको जानकारी समेत दिएको छ ।

यी हुन सपोर्ट गर्ने सेटहरु

सामसङ

ग्यालेक्सी एम ०१एस, ग्यालेक्सी एम०२, ग्यालेक्सी एम ०२एस, ग्यालेक्सी एम११,  ग्यालेक्सी एम१२, ग्यालेक्सी एम२१, ग्यालेक्सी एम३०एस, ग्यालेक्सी एम३१, ग्यालेक्सी ए१२, ग्यालेक्सी ए५१, ग्यालेक्सी एस५२, ग्यालेक्सी एस७०, ग्यालेक्सी ए७०एस, ग्यालेक्सी ए७१,

ग्यालेक्सी नोट १० लाइट, ग्यालक्सी एस१०, ग्यालेक्सी एस१० प्लस, ग्यालक्सी एस१०ई,

ग्यालेक्सी एस२०, ग्यालेक्सी एस२० प्लस, ग्यालेक्सी एस२० अल्ट्रा, ग्यालेक्सी एस२० एफई, ग्यालेक्सी एस२१, ग्यालेक्सी एस२१ प्लस, ग्यालेक्सी एसन२१ अल्ट्रा,

ग्यालेक्सी नोट १०, ग्यालेक्सी नोट १० प्लस, ग्यालक्सी नोट २०, नोट २० अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड २

शाओमी

रेडमी ९ प्राइम, एमआई १०, रेडमी ९ सी,  रेडमी नोट 9 प्रो, रेडमी ८ए

नोकिया

नोकिया ५.३, नोकिया ७.२, नोकिया ३.४

भीओएलटीई सपोर्ट गर्नका लागि तपाईँसँग फोरजी सिम हुनुपर्नेछ भने तपाईँ फोरजी नेटवर्क भएको स्थानमा हुनुपर्नेछ । फोरजी सिम छैन भने तपाईँले नजिकैको टेलिकम कार्यालयबाट नयाँ सिम साट्नसक्नुहुनेछ ।

भीओएलटीई प्रयोग गर्नका लागि दुबै प्रयोगकर्ताहरुसँग सपोर्ट गर्ने सेट हुनु आवश्यक छ । नत्र भने त्यसमा ‘डाउनफल’ हुने र एकतर्फ एचडी क्वालिटीको भिडियो आउने तर अर्को तर्फ नआउने हुनसक्दछ ।

कम्पनीकाअनुसार याे सेवा प्रयोग गर्न कुनै अतिरिक्त शुल्क लाग्नेछैन् । र सामान्य मोबाइल शुल्कमा नै यो सेवा उपलब्ध हुनेछ । प्रयोगकर्ताले अहिले प्रयोग गरिरहेका प्रमोशनल अफरहरुबाट नै सो सेवा चलाउन सक्नेछन् । त्यसैगरि यसमा कुनै अतिरिक्त डाटा खर्च हुनेछैन् ।

कम्पनीले सेवा शुरु भएको दिनदेखि १०० मिनेटसम्मको निशुल्क समयावधि २८ दिनसम्मका लागि प्रदानगर्नेछ । त्यसपछि भने कम्पनीको सामान्य दरअनुसारकै शुल्क लाग्नेछ ।

यो पनि हेर्नुस्-

नेपाल टेलिकमले मोबाइल सेवामा भीओएलटीई परीक्षण गर्ने, यसरी सेवा एक्टिभ गर्नुस्

easy care

प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार