नेपाल टेलिकमले मोबाइल सेवामा भीओएलटीई परीक्षण गर्ने, यसरी सेवा एक्टिभ गर्नुस्

Technology Khabar २ जेष्ठ २०७८, आईतवार

नेपाल टेलिकमले मोबाइल सेवामा भीओएलटीई परीक्षण गर्ने, यसरी सेवा एक्टिभ गर्नुस्

काठमाडौं ।

नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई प्रविधि अन्तर्गत भीओएलटीई VoLTE (Voice Over Long Term Evolution) सेवा सञ्चालनमा ल्याउने भएको छ ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा २०७८ जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको परीक्षण शुरुवात गर्न लागिएको हो ।

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसरी गर्नुस एक्टिभ

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भीओएलटीई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *४४४# (*444#) डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा भीओएलटीई एक्टिभेट गर्नुपर्दछ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटीई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखापर्दछ । भीओएलटीईको संकेत देखापरेपछि *111# डायल गर्नुपर्दछ ।

नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ ।

आफ्नो मोबाइल सेटले भीओएलटीई सपोर्ट गर्छ÷गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न www.ntc.net.np/post/volte लिंक प्रयोग गर्न सकिन्छ । यसैगरी यो सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा [email protected] मा इमेल पठाउन पनि सकिने कम्पनीले जनाएको छ ।

यो पनि हेर्नुस्-

एलटीई र भीओएलटीईमा के फरक छ?

easy care

प्रकाशित: २ जेष्ठ २०७८, आईतवार