एलटीई र भीओएलटीईमा के फरक छ?

Technology Khabar २ जेष्ठ २०७८, आईतवार

एलटीई र भीओएलटीईमा के फरक छ?

हाल विश्व सूचना प्रविधि क्रान्तिको युगमा रहेको छ। सन् २०२० सम्ममा विश्वभरमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ४ अर्ब ५७ करोड हाराहारीमा थियो भने यो सङ्ख्या अहिले अझै बढेको छ।

यीमध्ये सन् २०२० सम्म चीनमा मात्रै ८५ करोड तथा भारतमा ५६ करोड तथा अमेरिकामा ३१ करोड इन्टरनेट प्रयोगकर्ता भएको तथ्याङ्क छ।

यीमध्ये अधिकांशले आफ्ना मोबाइलमा इन्टरनेट चलाउँछन्। मोबाइलमा इन्टरनेट ३जी ४जी हुँदै हालै फाइभजीको शुरुवात हुँदैछ। तर विश्वमा अधिकांश भेगमा उपलब्ध अत्याधुनिक मोबाइल इन्टरनेट सेवा फोरजी हो जसलाइ एलटीई पनि भनिन्छ।

के हो एलटीई?

एलटीईको पूरा अर्थ लंग टर्म इभोल्युशन हो। सामान्य भाषामा एलटीईलाई फोरजी पनि भनिन्छ। यसले तपाईँलाई मोबाइलमा फोरजी चलाउन मद्दत गर्छ। यो नेटवर्कमार्फत् फोनमा उच्च गतिको ब्याण्डविथ भएको इन्टरनेट चलाउन सकिन्छ।हाल विश्वका थुप्रै देशमा फोरजी अर्थात् एलटीई सेवा उपलब्ध छ।

एलटीई नेक्सट जेनेरेशन मोबाइल प्रविधि हो जसमा उच्च गतिको डाटा ट्रान्सफर गर्न सकिन्छ। यसमा १०० एमबीपीएससम्मको डाटा डाउनलोड तथा ५० एमबीपीएससम्मको डाटा अपलोड गर्न सकिन्छ।

तर यसमा एउटा नकारात्मक पक्ष के छ भने तपाईँले फोनमा यो सुविधा चलाइरहनुभएको छ भने फोन आउँदा इन्टरनेट बन्दा हुन्छ। यसै समस्यालाई हल गर्नका लागि आजभोलि भीओएलटीई अर्थात् भ्वाइस ओभर लंग टर्म इभोल्युशनको प्रयोग हुन थालेको छ।

के हो भीओएलटीई?

सन् २०१२ मा पहिलोपटक अमेरिकाको ड्यालसमा मेट्रोपीसीएसले भ्वाइस ओभर एलटीई तथा यो सपोर्ट गर्ने एलजी कनेक्ट फोरजी फोन सार्वजनिक गरेपछि यो बिस्तारै दूरसञ्चार क्षेत्रमा लोकप्रिय हुँदै आएको हो।

भोल्टेले एलटीई नेटवर्कमा उच्च गतिको भ्वाइस र डाटालाई व्यवस्थापन गर्दछ। भीओएलटीई भने एलटीईभन्दा अझै केही कदम अगाडि छ जसले इन्टरनेटको गति, कनेक्टिभिटी, ब्याट्री लाइफ तथा कल सेटअप टाइमको सेवा एलटीले अझ गुणस्तरीय दिन्छ।

नेपालमा पनि परीक्षण हुँदै भीओएलटीई

हालसम्म नेपाल टेलिकमको फोरजी सिममा पनि इन्टरनेट सेवा मात्र फोरजीमा रहेकाले अब भ्याइसको सेवा पनि फोरजीमै गुणस्तरीय हिसाबले उपलब्ध गराउन आजदेखि भीओएलटीई सेवाको परीक्षण शुरु भएको छ।

टेलिकमको फोनमा आवाज नसुनिने र कल पनि राम्ररी नबुझिने खालक थुप्रै गुनासा आउने गरेकोमा भीओएलटीई सेवा लागू भएपछि यी समस्याबाट मुक्ति पाइने अपेक्षा गर्न सकिन्छ।

TK Viber

प्रकाशित: २ जेष्ठ २०७८, आईतवार

Loading...