स्पेसएक्सलाई एफएएद्वारा स्टारशिप ब्याच परीक्षण प्रक्षेपणको अनुमति

Technology Khabar १८ बैशाख २०७८, शनिबार

स्पेसएक्सलाई एफएएद्वारा स्टारशिप ब्याच परीक्षण प्रक्षेपणको अनुमति

काठमाडौं ।

आफ्ना स्टारशिप अन्तरिक्षयानको लगातार परीक्षण गर्दै आएको स्पेसएक्सले शुक्रबार अर्को परीक्षण प्रक्षेपणको अनुमति पाएको छ।

अमेरिकाको संघीय उड्डयन प्रशासन एफएएले एलन मस्कको कम्पनीलाई आफ्नो टेक्ससको बोका सिकामा रहेको प्रक्षेपण क्षेत्रबाट परीक्षणका लागि अनुमति दिएको बुझिएको छ।

पहिले एक एक वटा प्रक्षेपणका लागि अनुमति दिने गरिएकोमा यस पटक ब्याचकै लागि अनुमति दिइएको एफएएको भनाइ छ। उसले स्पेसएक्सले यस्ता यान परीक्षणमा केही परिवर्तन गरेको र सर्वसाधारणको जोखिम घटाउन एफएएद्वारा अनुमोदित तरिका अपनाउने भएकाले यस्तो अनुमति दिएको बताएको छ।

स्पेसएक्सले यसै हप्ता एफएएका एक प्रतिनिधिको उपस्थितमा एसएन१५ स्टारशिपको परीक्षण प्रक्षेपण गर्ने योजनामा छ। एफएएले आफ्ना एक निरीक्षक आजै आइपुग्ने बताएकाले एक दुई दिनभित्रै प्रक्षेपणको प्रबल सम्भावना रहेको बुझिएको छ।

बोका सिकाको लञ्चप्याडबाट स्पेसएक्सले अन्तिमपटक गएको मार्चको अन्तिममा एसएन११को परीक्षण प्रक्षेपण गरेको थियो। उक्त रकेट ३० हजार माथि पुगेपछि असफल भएर भुईँमा झरेको थियो।

एफएएले एसएन१५, एसएन१६ र एसएन१७ लाई एकैपटक अनुमति दिएकोमा पहिलो प्रक्षेपणमा केही समस्या आएमा अन्य दुईलाई उडाउनुअगावै सुधारात्मक परीक्षणबाट गुज्रिनुपर्ने बताएको छ।

easy care

प्रकाशित: १८ बैशाख २०७८, शनिबार