टेक्सासको प्लान्ट बन्द हुनुले सामसङलाई २ करोड ७० लाख डलर घाटा

Technology Khabar १७ बैशाख २०७८, शुक्रबार

टेक्सासको प्लान्ट बन्द हुनुले सामसङलाई २ करोड ७० लाख डलर घाटा

काठमाडौं ।

सामसङले टेक्ससको अस्टिमा रहेको आफ्नो प्लान्ट बन्द गर्नु पर्दा २ करोड ७० लाख डलर घाटा ब्यहोरेको योन्हाप न्यूजमा आएको रिपोर्टमा उल्लेख छ।

एउटा कन्फ्रेन्स कलमा बोल्दै सामसङको फाउन्ड्री बिजनेसका उपाध्यक्ष हान स्युङ हूनले उक्त प्लान्ट बन्द हुनुले चिप बनाउने ७१ हजार वेफरलाई प्रभाव परेको र यसबाट २ करोड ७० हजारदेखि ३ करोड ६१ लाख डलर घाटा लागेको बताए।

यो घाटाको विवरण आउँदै गर्दा सामसङको आम्दानीको विवरण पनि सार्वजनिक भएको छ। उक्त विवरणमा भने स्मार्टफोन र अन्य डिभाइसको बिक्री राम्रो भएको जनाइएको छ।

कम्पनीले अस्टिनमा रहेको रेडियो फ्रिक्वेन्सी आईसी तथा सोलिड स्टेट ड्राइभ कन्ट्रोलरजस्ता माइक्रो प्रोसेसर बनाउने प्लान्ट गएको फेब्रुअरीमा आँधीले यस क्षेत्रका २ लाख घरहरु बिजुलीरहित बनाएपछि बन्द गर्नुपरेको थियो।

उक्त प्लान्ट लगभग एक महिना बन्द रहेको थियो जुन सामसङले कुनै पनि फ्याक्ट्रीमा उत्पादन यति धेरै समयका लागि रोकेको पहिलो पटक हो।

तथापि, कम्पनीले उक्त प्लान्ट अहिले उत्पादनमा फर्किसकेको, मार्चको अन्त्यसम्म आफ्नो क्षमताको ९० प्रतिशत उतपादन गरेको र छिट्टै पूर्ण क्षमतामा फर्कने बताएको छ।

easy care

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार