एलन मस्कबाट प्रेरित भएर डजिक्वाइनमा लगानी गर्दा २ महिनामै लखपति

Technology Khabar १६ बैशाख २०७८, बिहीबार

एलन मस्कबाट प्रेरित भएर डजिक्वाइनमा लगानी गर्दा २ महिनामै लखपति

काठमाडौं ।

डजिक्वाइन नयाँ क्रिप्टोकरेन्सीका रुपमा उदाइरहेको छ भने यसले यसै वर्षको शुरुदेखि नै लगानी कर्ताहरुलाई लाभ दिँदै आएको छ।

हालै लस एन्जलसका एक ३३ वर्षीय युवाले आफूले डजिक्वाइनमा (Dogecoin) लगानी गरेर अप्रिल १५ मा २ महिनामै लखपति भएको बताएका छन्।

ग्लउबर कन्टेसोटो नाम गरेका ती युवाले युट्युबमा एउटा भिडियो शेयर गर्दै फेब्रुअरीमा डजिक्वाइनको मूल्य०.०४५ सेन्ट भएका बेला १ लाख ८० हजार डलर लगानी गरेको जनाएका छन्।

उनले रेडिटमा रबिनहूडमा रहेको आफ्नो सम्पत्तिको स्क्रीनशट शेयर गर्दै आफू लखपति भएको प्रमाण दिएका हुन्। ‘म डजिक्वाइन लखपति भएँ’, उनले स्क्रीनशट अट्याच गर्दै पोस्ट गरेका छन्।

उनले आफू पछिल्ला केही महिनामा एलन मस्कको डजिक्वाइनसम्बन्धी ट्वीटबाट प्रेरित भएर लगानी गरेको बताएका छन्।

संगीत क्षेत्रमा काम गर्ने कन्टेसोटोले आफ्नो युट्युबमा हाल सञ्चालित डजिक्वाइनको एक तिहाइ हिस्सा  एलन मस्कको स्वामित्वमा रहेको पनि दावी गरेका छन्।

उनले डजिक्वाइनको सम्भाव्यता निकै देखेकोले ठूलो जोखिम मोलेर लगानी गरेको बताए। उनले रबिनहूडमार्फत् टेस्ला र उबरमा रहेको आफ्नो सबै शेयर र बचत यसैमा लगानी गरेका थिए।

उनलाई साथीभाइले चेतावनी दिएका कारण उनको शेयरको मूल्य १० लाख डलर भएका बेला १० प्रतिशत शेयर फिर्ता लिएका थिए।

डजिक्वाइनको मूल्य अप्रिलको आधाआधीसम्म निक्कै उचालिएको थियो भने गत हप्ता भने ओरालो लागेको थियो।

यसको मूल्य बढीमा ५१.२ रुपैयाँसम्म पुगेको थियो भने मंगलबर ओरालो लागेर ३३.६ रुपैयामा आइपुगेको थियो।

डजिक्वाइनको लोगोमा एउटा मीमको बीचमा शिबा इनु नामको कुकुरको चित्र छ।

वास्तवमा मजाकका रुपमा शुरु गरिएको यो क्रिप्टोकरेन्सी पहिले इन्टरनेटको मीम मात्रै थियो। यसै वर्षदेखि यो क्रिप्टोकरेन्सीका रुपमा उदाएको हो।

easy care

प्रकाशित: १६ बैशाख २०७८, बिहीबार