बजाज शून्य अफरका १० लाख जित्न सफल विजेता घोषणा

Technology Khabar १५ बैशाख २०७८, बुधबार

बजाज शून्य अफरका १० लाख जित्न सफल विजेता घोषणा

काठमाडौं ।

हंसराज हुलास चन्द एण्ड कं. प्रा. लि, नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरकले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि ल्याएको बजाज शून्य अफरबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जितिसकेका छन् ।

माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ओम अटोमोबाइल, जनकपुरबाट बजाजको पल्सर १५० बाइक खरिद गर्दा ६ वटा शून्य प्राप्त गरी रु. १० लाख जित्न सफल भएका छन् ।

यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट खरिद गर्नुपनेछ।

यो योजना अनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्ने बताईएको छ। अर्थात् यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि रु. १० हजार निश्चितरुपमा प्राप्त गर्न सक्नेछन् ।

यो योजना प्रथम विज्ञापन प्रकाशित भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशित भएसम्म लागू हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १५ बैशाख २०७८, बुधबार

ताजा समाचार