यस्तो हुनेछ आईओएस १४.५ का विशेषताहरु

Technology Khabar १५ बैशाख २०७८, बुधबार

यस्तो हुनेछ आईओएस १४.५ का विशेषताहरु

काठमाडौं ।

एप्पलले हालै आईओएस १४.५ सार्वजनिक गरेको छ। यो अपडेटपछि आईफोन प्रयोगकर्ताहरुले एप्पल वाचमार्फत् पनि आफ्नो आईफोन अनलक गर्न सक्नेछन्।

कोरोनाका कारण सन्सारभर मानिसहरुले मास्क लगाउने भएकाले मास्क लगाएका बेला फेस आईडीले काम नगर्दा एप्पल वाचमार्फत् अनलक गर्ने यो फिचर ल्याइएको बुझिएको छ।

यसबाहेक आईओएस १४.५ मा अन्य यस्ता फिचर रहनेछन्:

कम्पनीले बताए अनुसार आईओएस १४.५ को अपडेटमा कुनै शुल्क लाग्नेछैन। फोनलाई एप्पल वाचमार्फत् अनलक गर्नका लागि फोनको नजिक गएर एक पटक हेर्नुपर्छ। त्यसपछि एप्पल वाचले एउटा फिडब्याक दिन्छ जसबाट फोन अनलक भएको थाहा हुन्छ।

यो फिचर हालका लागि आईफोन एक्समा उपलब्ध छ भने अब एप्पल वाच सिरिज ३मा र त्यसपछि अन्य डिभाइसहरुमा दिइने बुझिएको छ।

यसरी गर्नुस् सेटिङ

यो फिचर अन गर्नका लागि सेटिङ्सभित्र गएर ‘फेस आईडी एन्ड पासकोड्स’ मा गएपछि तलपट्टि रहेको ‘अनलक विथ एप्पल वाच’ अप्शन आउनेछ।

यसलाई अन गर्नुहोस्। यसपछि यो सेवा प्रयोग गर्न सकिन्छ। तर तपाईँले आफ्नो एप्पल वाचको सेटिङमा भने कुनै परिवर्तन गर्नुपर्दैन।

easy care

प्रकाशित: १५ बैशाख २०७८, बुधबार