एप्पलले आईफोन १२ र आईफोन १२ मिनी प्याजी रंगमा ल्याउँदै

Technology Khabar ८ बैशाख २०७८, बुधबार

एप्पलले आईफोन १२ र आईफोन १२ मिनी प्याजी रंगमा ल्याउँदै

काठमाडौं ।

एप्पलले आईफोन १२ र आईफोन १२ मिनी अब प्याजी रंगमा उपलब्ध गराउने भएको छ।

मंगलबार भएको एप्पलको स्प्रिङ इभेन्टमा यसका बारेमा घोषणा भएको र आउने शुक्रबारदेखि यसको प्रि अर्डर खुल्ने जनाइएको छ।

अहिले प्रि अर्डर गर्नेहरुले आगामी अप्रिल ३० तारिखदेखि मात्र उक्त डिभाइस हात पार्न सक्नेछन्। एप्पलले उक्त फोनको एलुमिनियम बडीको रंग पछाडिपट्टिको ग्लास प्यानलसँग मिसाउन निकै मेहनत गर्नुपरेको बताइएको छ।

बजारमा पाइने अन्य केस राख्दा नयाँ रंगको अर्थ नरहने भएकाले एप्पलले आफ्नै नयाँ म्यागसेफ लेदर केस तथा गाढा बैजनी रंगको नयाँ लेदर स्लीभ पनि सार्वजनिक गरेको छ।

एप्पलले यसबाहेक नयाँ सिलिकन केसहरु पनि क्याप्रि ब्लु, पिस्ताशियो, क्यान्टालोप तथा एमेथिस्ट रंगमा उपलब्ध गराएको छ भने एउटा लेदर वालेट पनि निकालेको छ।

एप्पलको विश्वव्यापी बजारीकरणका वरिष्ठ उपाध्यक्ष ग्रेग जस्वियकले आईफोन १२ विश्वमै सबैभन्दा धेरै रुचाइएको स्मार्टफोन भएको दावी गरेका छन्। अहिले आईफोन १२ तथा आईफोन १२ मिनी फरक फरक ५ रंगमा बजारमा उपलब्ध छन्।

easy care

प्रकाशित: ८ बैशाख २०७८, बुधबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार