अमेरिकामा टेस्लाको स्वचालित कार दुर्घटना, दुई जनाको मृत्यु

Technology Khabar ६ बैशाख २०७८, सोमबार

अमेरिकामा टेस्लाको स्वचालित कार दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं ।

टेस्लाको स्वचालित कार दुर्घटना हुँदा त्यसमा रहेका दुई जनाको मृत्यु भएको छ।

अमेरिकाको टेक्सस राज्यमा २ जना यात्रु रहेको तर तीमध्ये कार कसैले नचलाएको अवस्थामा रुखमा ठोक्किएर तत्काल कारमा आगो लाग्दा दुवै जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

हस्टनको टेलिभिजन स्टेशनले उक्त दुर्घटनाको समाचार प्रसारण गरेको थियो।

हस्टनको टेलिभिजन स्टेशनले उक्त दुर्घटनाको समाचार प्रसारण गरेको थियो।

टेक्ससमा आइतबार बिहान ९ बजेतिर भएको दुर्घटनाको बारेमा छानबिन भइरहेको छ। स्थानीय केएचओयू समाचार् संस्थाका अनुसार उक्त कारमा लागेको आगो निभाउन उद्धारकर्मीहरुलाद्ध चार घण्टा समय लागेको तथा उक्त प्रक्रियामा ३० हजार ग्यालन पानी प्रयोग भएको थियो।

गाडीको ब्याट्रीबाट आगो निस्किरहेकाले स्थानीय अधिकारीहरुले आगो निभाउने तरिका सोध्न टेस्लालाई सम्पर्क गर्न खोजेका भए पनि सम्पर्क भए नभएको यकिन छैन।

प्राथमिक रिपोर्टहरुका अनुसार उक्त कार उच्च गतिमा रहेकोले घुम्तीमा काट्न नसक्दा रुखमा ठोक्किएर दुर्घटना भएको हो। केएचओयूका अनुसार मारिनेमध्ये एङ्क जना अगाडिको र अर्का व्यक्ति पछाडिको यात्रु सिटमा बसेका थिए।

स्थानीय प्रहरीका अनुसार सन् २०१९ मा बनेको उक्त कार त्यसभित्र रहेका कसैले पनि चलाइरहेका थिएनन्। कारमा अटो ड्राइभर मोड अन गरिएको थियो वा थिएन भन्ने यकिन भएको छैन।

टेस्लाले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। कम्पनीले आफ्नो प्रेस अफिस खारेज गरिसकेको छ भने सामान्यतया: सञ्चारमाध्यमका प्रश्नहरुको जवाफ दिने गरेको छैन।

easy care

प्रकाशित: ६ बैशाख २०७८, सोमबार