जेडटीईको एक्शन ३० अल्ट्रा स्मार्टफोन अमेरिका र क्यानडामा सार्वजनिक

Technology Khabar ३ बैशाख २०७८, शुक्रबार

जेडटीईको एक्शन ३० अल्ट्रा स्मार्टफोन अमेरिका र क्यानडामा सार्वजनिक

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईले आफ्नो एक्शन ३० अल्ट्रा फ्ल्यागशिप स्मार्टफोन अमेरिका र क्यानडामा सार्वजनिक गरेको छ। यो मोडल अन्य एक्शन फोनहरु झैं यूरोपमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।

कम्पनीका अन्य दुई एक्शन ३० र एक्शन ३० प्रो भने उत्तर अमेरिकी बजारमा उपलब्ध हुने छैनन्।

यस्तो छ एक्शन ३० अल्ट्रा

यसमा ६४ मेगापिक्सेलको ट्रिपल क्यामरा र अर्को ५x को पेरिस्कोप लेन्ससहितको ८ मेगापिक्सेल क्यामारा सेट अप रहेको छ। ३० फ्रेम प्रति सेकेन्डमा ८के भिडियो खिच्न मिल्ने मुख्य क्यामराबाहेक डेप्थ र अल्ट्रवाइड शूटर पनि ६४-६४ मेगापिक्सेलकै रहेका छन्।

यसमा पछाडिपट्टि ५x पेरिस्कोप जूमसहितको ८ मेगापिक्सेलको क्यामरा पनि दिइएको छ। सेल्फीका लागि अगाडिपट्टि १६ मेगापिक्सेलको पन्चहोल क्यामरा राखिएको छ।

यसको डिस्प्लेमा फुल एचडी+ रेजोल्युशन भएको ६.६७ इन्चको ओएलईडी प्यानल दिइएको छ भने यसको रिफ्रेश रेट १४४ हर्ज रहेको छ। यसले एचडीआर१०+ सपोर्ट गर्ने तथा सुरक्षाका लागि गोरिल्ला ग्लास ५ लगाइएको छ।

यसको स्ट्यान्डर्ड भर्जनमा स्न्यापड्रागन ८८८ चिपसेट राखिएको छ भने ८ जीबी र्याम र २५६ जीबी स्टोरेज दिइएको छ। तर यसमा १२ जीबीसम्म बढाउन सकिन्छ। यसमा स्ट्यान्डर्ड भर्जनबाहेक १६ जीबी र्याम र १ टीबी स्टोरेज रहेको प्रिमियम भर्जन पनि उपलब्ध छ।

यो स्मार्टफोनमा ६६ वाट चार्जिङ सपोर्टसहितको ४६०० एमएएचको ब्याट्री दिइएको छ। तर यसमा वायरलेस चार्जिङको सुविधा भने छैन। यसमा फाइभजी मोडम तथा वाइ फाइ ६ई र एनएफसी पनि उपलब्ध छ। यो एन्ड्रोइड ११ मा आधारित माइओएस ११ अपरेटिङ सिस्टममा चल्छ।

easy care

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार