के हो नेपाल टेलिकमको नमस्ते क्रेडिट? किन र कसरी लिने?

Technology Khabar १ बैशाख २०७८, बुधबार

के हो नेपाल टेलिकमको नमस्ते क्रेडिट? किन र कसरी लिने?

काठमाडौं ।

नमस्ते क्रेडिट नेपाल टेलिकमको ब्यालेन्स सापटी सुविधा हो। कहिलेकाहीँ कुराकानी गरिरहेको बेला ब्यालेन्स सकियो र नजिकै रिचार्ज कार्ड वा अन्य रिचार्जका विकल्प छैनन् भने त्यतिबेला ग्राहकहरुको कुराकानी नटुटोस् भन्ने उद्देश्यले नेपाल टेलिकमले यो सुविधा शुरु गरेको हो।

यो सुविधाको नाम नमस्ते क्रेडिट राखिनुमा यो सेवा नेपाल टेलिकमको प्रि-पेड ग्राहकका लागि मात्र उपलब्ध भएकाो कारणले हो। प्रि-पेड चलाउने जीएसएम वा सीडीएमए दुवै ग्राहकले यो सेवा प्रयोग गर्न पाउने भए पनि पोस्टपेड प्रयोगकर्ताले यसको फाइदा उठाउन सक्दैनन्।

हिजोआज पोस्टपेडमा पनि ब्यालेन्स सकिएपछि प्रि-पेडमा जस्तै रिचार्ज कार्ड, एमपीओएस वा अन्य वालेटमार्फत् टप अप गर्न सकिने सुविधा उपलब्ध भए पनि नेपाल टेलिकमले सापटीको सुविधा भने उपलब्ध गराएको छैन।

कसरी शुरु गर्ने?

  • यसका लागि START टाइप गरेर १४७७ मा पठाउनुपर्छ। यति गरेपछि तपाईँको नम्बरमा यो सेवा एक्टिभेट हुन्छ ।
  • नमस्ते क्रेडिट लिँदा कुनै अतिरिक्त शुल्क लाग्दैन। अर्कोपटक रिचार्ज गर्दा क्रेडिड लिएको रकममात्रै काटिन्छ।
  • आफ्नो नम्बर नमस्ते क्रेडिट सुविधा एक्टिभेट भएको छ कि छैन भनेर थाहा पाउनका लागि STATUS लेखेर १४७७ मा मेसेज पठाउनुपर्छ।
  • डिएक्टिभेट गर्नका लागि STOP टाइप गरेर १४७७ मा मेसेज पठाउनुपर्छ। त्यसपछि बाँकी रहेको क्रेडिट कटाएर तपाईँको मोबाइलमा कन्फर्मेशन मेसेज आउँछ।
  • एकपटक डिएक्टिभेट गरेर फेरि एक्टिभेट गर्नपरेमा START टाइप गरेर १४७७ मा मेसेज पठाउनुपर्छ।
  • आफूसँग भएको म्याक्सिमम क्रेडिट लिमिट थाहा पाउन STATUS लेखेर १४७७ मा पठाउनु पर्छ। त्यसपछि उपलब्ध ब्यालेन्स र ऋण रकम देखाउँछ। उपलब्ध ब्यालेन्स र ऋण रकमको जोडफल नै म्याक्सिमम क्रेडिट लिमिट भनेर बुझ्नुपर्छ।
  • यसरी लिइएको क्रेडिटको कुनै हद म्याद हुँदैन। जहिले पनि प्रयोग गर्न सकिन्छ।
  • यो सेवा जीएसएम र सीडीएमए दुवैका लागि हो।
  • यसबाट आएको ब्यालेन्स क्रेडिट कल, डाटा वा मेसेजका लागि प्रयोग गर्न सकिन्छ।
  • यो क्रेडिट अरु कसैलाई ट्रान्सफर गर्न मिल्दैन।
easy care

प्रकाशित: १ बैशाख २०७८, बुधबार

ताजा समाचार