नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त कर्मचारीलाई सेवा प्रवेश तालिम

Technology Khabar २९ चैत्र २०७७, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त कर्मचारीलाई सेवा प्रवेश तालिम

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणमा नवनियुक्त कर्मचारीहरुका लागि आयोजना गरिएकोे १५ दिने सेवा प्रवेश तथा अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

प्राधिकरणमा यही चैत ५ गतेदेखी स्थायी नियुक्त पाएका प्रशासन, इन्जिनियरिङ्ग,आर्थिक प्रशासन र कानून समूहका २१ जना कर्मचारीहरुलाई कार्यस्थलमा काम गर्न हौसला र सहजता प्रदान गर्ने उद्देश्यले तालिम प्रदान गरिएको हो ।

तालिम समापन समारोहमा प्राधिकरणका निर्देशक दिपेश आर्चायले प्रमाणपत्र प्रदान गर्नुहुदैं नयाँ कर्मचारीको भूमिका प्राधिकरणको कार्यक्षेत्र विस्तारमा महत्वपूर्ण हुने बताए।

प्रशिक्षक दुर्गा निधी शर्माले तालिममा हासिल गरेका ज्ञान व्यवहारमा कार्यान्वयन गर्नु महत्वपूर्ण हुने बताए ।

प्रशिक्षार्थीको तर्फबाट सहायक निर्देशकमा नियुक्त कैलास कार्कीले सेवा प्रवेश तालिम आयोजना गरेकोमा प्राधिकरणप्रति अभार प्रकट गर्दै सिकेको कुरा व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समापन समारोहमा प्राधिकरणका उप निर्देशक सुर्यप्रसाद लामिछाने, सहायक निर्देशक रचिता आचार्य, प्रशिक्षक द्धारिकाप्रसाद आचार्यलगायत सहभागी थिए ।

easy care

प्रकाशित: २९ चैत्र २०७७, आईतवार

ताजा समाचार