मिर्चैया क्षेत्रमा सीसीटीभी क्यामरा जडान गर्ने तयारी

Technology Khabar १२ चैत्र २०७७, बिहीबार

मिर्चैया क्षेत्रमा सीसीटीभी क्यामरा जडान गर्ने तयारी
सांकेतिक

काठमाडौं ।

सिरहाको दोस्रो व्यापारिक सहर मिर्चैयाको आसपासका क्षेत्रमा सीसीटीभी क्यामरा जडान गर्ने तयारी थालिएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले सो आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाउन सीसीटीभी जडानका लागि उक्त इलाकामा पर्ने स्थानीय तह र व्यापारीसमक्ष प्रस्ताव अगाडि सारेपछि सीसीटीभी क्यामरा जडानको तयारी सुरु भएको हो।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रबार आयोजना भएको कार्यक्रममा मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले उक्त प्रस्ताव अगाडि सारेका हुन् ।

सीसीटीभी क्यामरा जडानपश्चात् प्रहरीको निगरानी निरन्तर रहने हुँदा त्यस क्षेत्रमा हुनसक्ने तस्करी, चोरी, लुटपाट, लागूऔषध र हातहतियार करोबार, आपराधिक घटनाजस्ता कार्य नियन्त्रण र निगरानी तथा फरार अभियुक्तसमेत पक्राउ गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

सीसीटीभी जडानका लागि मिर्चैया नगरपालिका प्रमुख श्रवण यादवको संयोजकत्वमा मिर्चैयाका प्रनानि श्रेष्ठ, मिर्चैया उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिशङ्कर पञ्जियारलगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधि र व्यापारी रहेको समिति बनाइएको छ।

उक्त समितिले इलाका प्रहरी कार्यालय मिर्चैयाको इलाकामा पर्ने मिर्चैया नगरपालिकासहित कर्जन्हा, गोलबजार नगरपालिका र नरहा गाउँपालिकाका मुख्य मुख्य २० स्थानमा पहिलो चरणमा सीसीटीभी क्यामरा जडान गर्नेभएको छ। गोरखापत्रबाट

easy care

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार

ताजा समाचार