ग्लोबल आइएमई बैंकको शाखा बिस्तार ७६औँ जिल्लामा

Technology Khabar १० चैत्र २०७७, मंगलवार

ग्लोबल आइएमई बैंकको शाखा बिस्तार ७६औँ जिल्लामा

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका –८, मार्तडीमा २०७७ चैत्र १० गते मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

easy care

प्रकाशित: १० चैत्र २०७७, मंगलवार