ताइवानको चिप उत्पादक टीएसएमसीले ३ करोड डलर बराबरको पानी ट्याङ्कर किन्ने

Technology Khabar ७ चैत्र २०७७, शनिबार

ताइवानको चिप उत्पादक टीएसएमसीले ३ करोड डलर बराबरको पानी ट्याङ्कर किन्ने

काठमाडौं ।

ताइवानमा खडेरी सुरु भएपछि पानीको चरम समस्या हुने भएकाले स्थानीय चिप उत्पादक कम्पनी टीएसएमसी ताइवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीले हालै १ सयवटा पानीका ट्याङ्कर किन्ने सम्झाैता गरेको छ।

स्थानीय समाचार माध्यम डब्लुसीसीएफटेकका अनुसार सन्सारकै सबैभन्दा ठूलो चिप उत्पादक टीएसएमसीले ३ करोड डलर बराबरको ट्याङ्कर किन्न सम्झाैता गरेको हो।

कम्पनीले स्थानीय सिन्चु प्रान्तमा प्रत्येक वर्ष गर्मी महिना सुरु भएपछि आइपर्ने खडेरीको समस्या समाधानमा सघाउ पुर्याउन यस्तो निर्णय गरेको हो। गर्मी भर्खरै सुरु भएको र आउँदा महिनामा पानीको अभाव र खडेरी चर्किँदै जाने र त्यतिबेला ट्याङ्करको मूल्य पनि बढ्ने भएकाले अहिले नै सम्झैता गरिएको हो।

ताइवान एउटा टापू क्षेत्र हो। यहाँ गत वर्ष कुनै पनि समुद्री आँधी नआएकाले टापूमा भएका पानीका स्रोत तथा पानी जम्मा हुने ठाउँमा सतह घट्न गएकोले खडेरीको समस्या छिट्टै आएको हो।

कम्पनीले अर्डर गरेको १०० वटा ट्याङ्कर सुरुवाती आँकडा मात्रै भएको र भविष्यमा यसको सङ्ख्या बढ्दै जाने अपेक्षा गरिएको छ।

२ वर्ष अगाडिको एउटा तथ्याङ्क अनुसार उक्त वर्षभरी टीएसएमसीको दैनिक पानी उपयोग प्रतिदिन १ लाख ५६ हजार टन थियो। तर हाल आएर यो परिमाण उल्लेख्य मात्रमा बढ्ने आकलन गरिएको छ।

यसै कुरालाई मध्यनजर गर्दै ताइवानले टीएसएमसीलगायतका चिप मेकरहरुलाई सरकारले आगामी मे महिनासम्म पानी आपूर्ति गरिदिने विश्वास दिलाएको छ।

easy care

प्रकाशित: ७ चैत्र २०७७, शनिबार

ताजा समाचार