सातै प्रदेशमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१’ आयोजना हुँदै

Technology Khabar ४ चैत्र २०७७, बुधबार

सातै प्रदेशमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१’ आयोजना हुँदै

काठमाडौं ।

लिभिङ विथ आइसीटीले सातै प्रदेशमा  ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१’ आयोजना गर्ने भएको छ। यो कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक, ब्रेनडिजिट र टेक्नोरियोको सहकार्यमा हुने भएको हो।

आज एक प्रेस विज्ञप्तिमार्फत् आगामी लिभिङ विथ आइसीटीले वैशाख पहिलो सातादेखि शुरु हुने फेस्टमा स्थानीय स्टार्टअप र इन्नोभेटिभ आइडिया भएका व्यक्तिहरूले प्रतिस्पर्धामा सहभागी हुने अवसर पाउने जानकारी दिएको छ।

आइसीटी अवार्ड २०२१ को प्रि इभेन्ट क्याम्पियनको रूपमा आयोजना हुन लागिरहेको स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ सातै प्रदेशका प्रमुख शहरहरूमा आयोजना हुने बुझिएको छ।

यस्तो छ तालिका

वैशाख पहिलो साता प्रदेश-१ को विराटनगरबाट शुरू हुने कार्यक्रम जेष्ठ दोस्रो साता सुदूरपश्चिम प्रदेशको धनगढीमा गएर समापन हुनेछ। यसबीचमा प्रदेश २ मा वीरगञ्ज, वागमती प्रदेशमा हेटौंडा, गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल र कर्णाली प्रदेशमा सुर्खेतमा कार्यक्रम आयोजना हुनेछ ।

आयोजकका अनुसार उक्त फेस्टमा प्रविधि क्षेत्रमा काम गरिरहेका स्थानीय स्टार्टअप र विद्यार्थीका इन्नोभेटिभ प्रोजेक्टहरूले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन्।

चैत १ गतेदेखि खुला गरिएको रजिस्ट्रेशन चैत २५ गतेसम्म जारी रहने र त्यसका लागि nepalistartup.com मा गएर स्टार्टअप वा आइडिया रजिस्टर गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

फेस्टमा स्कुल तथा कलेजका विद्यार्थीले समेत इन्नोभेटिभ प्रोजेक्टहरू प्रदर्शन गर्ने सक्ने व्यवस्था मिलाइएको छ।

मेन्टरिङ तथा बिजनेस ग्रोथको सेसनहरू ह्याकाथन सञ्चालन हुने

फेस्टमा स्टार्टअपहरूका लागि मेन्टरिङ तथा बिजनेस ग्रोथका सेसनहरू र केही स्थानमा ह्याकाथन पनि सञ्चालन हुने आयोजकले बताएको छ । ह्याकाथान कार्यक्रम कोड फर चेन्जसँग सहकार्यमा हुनेछ ।

हरेक प्रदेशबाट उत्कृष्ट एक स्टार्टअपलाई १० लाखसम्मको ऋण सुविधा

फेस्टमा हरेक प्रदेशबाट उत्कृष्ट हुने एक स्टार्टअपलाई १० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण सुविधा प्रदान गरिने र उत्कृष्ट आइडियालाई ३ लाखसम्मको ‘सीड फण्डिङ’ गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

अध्यक्ष लम्सालका अनुसार देशैभ स्टार्टअप, इन्नोभेसन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फेस्टमा सातै प्रदेशका उत्कृष्ट स्टार्टअप र आइडियालाई आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनालेमा सम्मान समेत गरिनेछ।

easy care

प्रकाशित: ४ चैत्र २०७७, बुधबार

ताजा समाचार