इमो र ह्वाट्सएपमार्फत चिठ्ठा परेको भन्दै ठग्ने दुई जना पक्राउ

Technology Khabar १४ फाल्गुन २०७७, शुक्रबार

इमो र ह्वाट्सएपमार्फत चिठ्ठा परेको भन्दै ठग्ने दुई जना पक्राउ

काठमाडौं ।

सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै रकम जम्मा गर्न लगाएर ठगी गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्ला घर भएका ४३ वर्षीय राकेश कुमार र पर्साको वीरगञ्ज महानगरपालिका–१० का ३२ वर्षीय रामपुकार प्रसाद यादव रहेका छन् ।

उनीहरुले विभिन्न मितिमा इमो र ह्वाट्स एपमार्फत चिठ्ठा परेको भन्दै बैंक खाता र इसेवाबाट उनीहरुले १ लाख ८४ हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए ।

उनीहरुबाट पीडित ६ जनाले महानगरीय अपराध महाशाखा काठमाडौंमा दिएको उजुरीको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

easy care

प्रकाशित: १४ फाल्गुन २०७७, शुक्रबार

ताजा समाचार