ड्राइभरबिनै चल्ने गाडी बनाउन टेस्ला र सामसङ बीच सहकार्य

Technology Khabar १३ माघ २०७७, मंगलवार

ड्राइभरबिनै चल्ने गाडी बनाउन टेस्ला र सामसङ बीच सहकार्य

काठमाडौं ।

स्वाचालित (ड्राइभरबिना चल्ने गाडी) बनाउन धेरै कम्पनीहरुले प्रयास जारी गरेका छन् । यसमा एप्पल, गुगल, उबर र टेस्ला लगायत कम्पनी छन् ।

नयाँ टेक्नोलोजीको निर्माणमा धेरै चुनौती देखिएको छ । तर यसका बाबजुद पनि कम्पनीहरु स्वचालित कार निर्माणमा जुटिरहेका छन् । स्वचालित सवारीको प्रयोगलाई व्यावहारिक बनाउन धेरै विषयहरुको सम्बोधन गर्न आवश्यक छ ।

कार निर्माताहरु मध्येमा स्वचालित कार निर्माणमा टेस्ला अघि देखिएको छ । टेस्लाले आफ्ना केहि कारमा स्वचालित ड्राइभिङ मोड उपलब्ध गराइसकेको छ । ती कारमा केहि सिमितता छन् र त्यसले गर्दा हालसम्म ती पूर्व रुपमा स्वचालित ड्राइभिङ मोड मान्न सकिने अवस्थाका छैनन् ।

अब भने टेस्ला आफ्नो पूर्ण स्वचालित कार मोड ल्याउन चाहेको जस्तो देखिन्छ र यस अभियानलाई सफल बनाउन सामसङको सहयोग लिन खोजिरहेको छ ।

रिर्पोटका अनुसार टेस्लाले नेक्स जेनेरेसनको एचडब्लू४ हार्डवेयर विकास गरिरहेको छ । यो हार्डवेयर नयाँ ४डी एफएसडी (फोर–डाइमेन्सनल फूल्ली अटोनोमस ड्राइभिङ) को रुपमा प्रयोग गरिनेछ । पूर्ण स्वचालित ड्राइभिङ प्याकेज हाल विकासको क्रममा छ ।

यो अभियानलाई सफल बनाउन टेस्लाले सामसङसँगको सहकार्यमा नयाँ ५एनएम चिप निर्माणमा काम गरिरहेको छ ।

रिर्पोटका अनुसार टेस्लाको टोली अधिक परिष्कृत कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) ढाँचाको विकास गर्न कडा मेहेनत गरिरहेको छ । यसले गाडीलाई स्वचालित ड्राइभिङ क्षमता प्रदान गर्छ ।

दक्षिण कोरियाली मिडिया एसिया ई को रिर्पोटका अनुसार सामसङले टेस्लाको स्वचालित ड्राइभिङ कारका लागि ५एनएम चिप निर्माण गरिरहेको छ । यो चिपले टेस्लाको स्वचालित ड्राइभिङलाई कम्प्युटिङ पावर प्रदान गर्छ । ५एनएम हाल बजारमा उपलब्ध सबैभन्दा आधुनिक र अत्याधुनिक चिपसेट हो ।

आगामी दुई वर्षसम्म बजारमा ५एनएम चिपसेटकै दबदबा रहनेछ। किनभने सन् २०२३ मा ३एनएम चिप उपलब्ध हुने सम्भावना छ।

हाल सामसङले १४एनएम चिप टेस्लालाई उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीहरु आफ्नो सहकार्यलाई अझै बिस्तार गर्न लागि परेका छन् ।

easy care

प्रकाशित: १३ माघ २०७७, मंगलवार