इमाडोलमा सानिमा बैंक

Technology Khabar २ माघ २०७७, शुक्रबार

इमाडोलमा सानिमा बैंक

काठमाडौं ।

सानिमा बैंकले ललितपूरको महालक्ष्मीमा (इमाडोल नजिकै), नयाँ कार्यालय स्थापना गरेको छ । उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे ।

मह जोडीले महालक्ष्मीमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

बैंकका ८५ वटा शाखा, १५ वटा विस्तारित काउन्टर र ८३ वटा एटीएम संचालनमा रहेको जनाएको छ।

easy care

प्रकाशित: २ माघ २०७७, शुक्रबार