इजी ट्याक्सी नेपाल एपका ट्याक्सीधनीलाई प्रभु इन्स्योरेन्सले बीमा सेवा दिने

Technology Khabar २९ पुष २०७७, बुधबार

इजी ट्याक्सी नेपाल एपका ट्याक्सीधनीलाई प्रभु इन्स्योरेन्सले बीमा सेवा दिने
Classic Tech

इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा संचालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुबिधा उपलब्ध गराउने विषयमा प्रभु इन्स्यारेन्ससँग सहकार्यको सम्झौता भएको हो ।

आइतबार प्रभु इन्स्यारेन्सको मुख्यालय तीनकुनेमा आयोजित एक कार्यक्रमका बिच इजी ट्याक्सी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल र प्रभु इन्स्योरेन्सको तर्फबाट सन्चित बज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा हस्ताक्षर गर्दै प्रभु इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले इजी ट्याक्सी नेपालअन्तरगत ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सीधनीलाई बीमा सुरक्षाको सम्पूर्ण सेवा उपलब्ध गराउन सहज हुने र दाबी भुक्तानीलाई सरलरुपमा फछ्र्यौट गरिने बताए ।

कार्यक्रममा कम्पनीहरुले आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमार्फत संचालन भएका बीमा सेवा सुबिधाको लागि संयुक्त सचेतना र सुबिधाका कार्यक्रमहरु तयार पार्ने सहमति समेत गरेका छन् ।

इजी ट्याक्सी नेपालका प्रमुख कार्यकारी अधिकृत पौडेलले एपमा आधारित भएर सेवा दिईरहेका ट्याक्सी व्यवसायीहरुको बीमा सुबिधा सुनिश्चित गरिने र त्यसले इजी ट्याक्सी एपको सेवा बिस्तार हुने आशा व्यक्त गरे ।

इजी ट्याक्सी नेपालले विभिन्न योजनाहरु र अभियानमार्फत ट्याक्सी व्यवसायलाई थप मर्यादित र जिम्मेबार बनाउँदै डिजिटल मैत्री बनाईरहेको छ । जसले डिजिटल नेपालको अभियानलाई थप प्रबद्र्धन र सहयोग पुग्ने विश्वास गरिएको छ ।

TK Viber

प्रकाशित: २९ पुष २०७७, बुधबार

Loading...