नेपाल फ्लाइङ ल्याब्सले पायो १० हजार अमेरिकी डलरसहित अन्तर्राष्ट्रिय पुरस्कार

Technology Khabar २८ मंसिर २०७७, आईतवार

नेपाल फ्लाइङ ल्याब्सले पायो १० हजार अमेरिकी डलरसहित अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं ।

क्षयरोग परीक्षणका लागि ड्रोनबाट खकार संकलन गर्ने नेपाली स्टार्टअप्स कम्पनी नेपाल फ्लाइङ ल्याब्सले अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ।

अन्तर्राष्ट्रिय एयर कार्गो एसोशिएसनले फ्लाइङ ल्याबसँगै पेलिकन बायोथर्मललाई एयर कार्गो सस्टेनिबेलिटी २०२० पुरस्कार दिएको हो।

नेपाल फ्लाइङ ल्याबले स्टार्टअप क्याटगोरीमा १० हजार अमेरिकी डलरको पुरस्कार पाएको हो।

यो कम्पनीले नेपालका विभिन्न दुर्गम स्थानहरुमा कार्गो ड्रोनहरु सञ्चालन गर्दै आएको छ।

नेपाल फ्लाइङ ल्याबले यसअघि गएको अक्टुबरमा पनि अभ्सी एक्सिलेन्स अवार्ड पाएको थियो।

ग्लोबल फ्लाइङ ल्याब नेटवर्कमा रहेर काम गर्ने यसले प्युठान जिल्लामा क्षयरोग परीक्षणका लागि ड्रोनबाट खकार संकलन गरेको थियो। संस्थाले ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम Drone Optimized Therapy System (DrOTS) संचालन गरिरहेको छ ।

फ्लाइङ ल्याबले हालसम्म १०६ ड्रोन उडान गरेको छ भने ७४२ वटा नमुना संकलन गरेको छ ।

easy care

प्रकाशित: २८ मंसिर २०७७, आईतवार