सेञ्चुरी बैंकमा स्मार्ट टेलर संचालन, अब पैसा झिक्न चेक तथा डेविट कार्ड नचाहिने

Technology Khabar २२ मंसिर २०७७, सोमबार

सेञ्चुरी बैंकमा स्मार्ट टेलर संचालन, अब पैसा झिक्न चेक तथा डेविट कार्ड नचाहिने

काठमाडौं ।

अब सेञ्चुरी कमर्सियल बैंकबाट रकम झिक्न चेक तथा डेविट कार्ड नचाहिने भएको छ । बैंकले स्मार्ट टेलर संचालनमा ल्याएसँगै पैसा झिक्न चेक तथा डेविट कार्ड नचाहिने भएको हो।

बैंकले आज मंसिर २१ गतेबाट यस स्मार्ट टेलर संचालनमा ल्याएको हो । यस सेवाबाट बैंकका ग्राहकले १ दिनमा कुल १ लाख रुपैयाँसम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिक रुपमा नगद झिक्न पाउने छन् ।

यससँगै बैंकको स्मार्ट टेलरबाट सेञ्चुरी पे मोबाइल एपबाट क्युआर स्क्यान गरी नगद झिक्नरनिकाल्न सकिने छ ।

बैंकले ग्राहकको सेवाका लाथि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको हो । हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाडौंको लागि मात्र लागु हुनेछ । निकट भविष्यमा उक्त सुविधा काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरसमेत लागू गरिने बैंकले जनाएको छ ।

easy care

प्रकाशित: २२ मंसिर २०७७, सोमबार