माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, उत्कृष्टले ५० हजार रुपैयाँ पाउने अवसर

Technology Khabar २८ कार्तिक २०७७, शुक्रबार

माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, उत्कृष्टले ५० हजार रुपैयाँ पाउने अवसर

काठमाडौं ।

माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ ।

देउसी भैलोमा सहभागि हुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसी भैलो गित भिडियो सहित बनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीलाई ५० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने छ ।

सहभागिहरुले बढिमा ३ मिनेट सम्मको भिडियो यही मङ्सिर १ गतेसम्म पठाउनु पर्ने छ । कोरोना भाइरसको जोखिमले गर्दा अघिल्ला बर्षहरुमा जस्तो घरघरमा गएर देउसि भैलो खेल्ने अवस्था नरहेकोले आफुसँग प्रतिभा रहेका व्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम संचालनमा ल्याएको हो ।

बैंकले बिशुद्ध बैंकिङ्ग सेवाको साथ बिभिन्न समयमा ग्राहक लक्षित यस्ता प्रतियोगिताको आयोजना गर्दै आएको जनाएको छ ।

easy care

प्रकाशित: २८ कार्तिक २०७७, शुक्रबार