प्रविधिको बढ्दो प्रयोग: सन् २०२५ सम्ममा सम्भावित कामहरु मध्ये आधा काम मेशिनले गर्ने

Technology Khabar ६ कार्तिक २०७७, बिहीबार

प्रविधिको बढ्दो प्रयोग: सन् २०२५ सम्ममा सम्भावित कामहरु मध्ये आधा काम मेशिनले गर्ने

काठमाडौं ।

सन् २०२५ सम्ममा सम्भावित कामहरु मध्ये आधा कार्यहरू मेशिनले सम्हाल्ने र त्यसले झनै असमानता ल्याउने विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) ले जनाएको छ।

थिंक ट्यांकले भनेको छ कि ‘रोबोट क्रान्ति’ ले विश्वव्यापीरुपमा ९ करोड ७० लाख रोजगारी सिर्जना गर्नेछ तर लगभग त्यो भन्दा धेरैलाई नष्ट गर्दछ जसले केही समुदायलाई नै जोखिममा राख्नेछ।

प्रशासकिय र डाटा प्रोसेसिंगमा रुटिन वा म्यानुअल रोजगारीहरू सबैभन्दा बढी स्वचालनको खतरामा रहेको मञ्चले बताएको छ।

तर यसले केहि नयाँ रोजगारहरू हेरचाह, बिग डाटा र हरित अर्थतन्त्रमा देखा पर्ने भनेको छ ।

फोरमको अनुसन्धानले संसारका ३०० ठूला कम्पनीहरूलाई समेटेकोछ, जसले उनीहरूको बीचमा विश्वभरि ८० लाख मानिसहरुलाई रोजगार दिन्छन्।

सर्वेक्षणमा सहभागीमध्ये ५० प्रतिशत भन्दा बढी रोजगारदाताहरूले उनीहरूको कम्पनीमा केही भूमिकाको स्वचालन गति बढाउने अपेक्षा राखेका थिए भने ४३ प्रतिशतले प्रविधिको कारणले उनीहरूले रोजगारीमा कटौती गर्ने सम्भावना रहेको बताएका थिए।

मञ्चकाअनुसार महामारीले नयाँ प्रविधिहरु अपनाउने काममा तिब्रता ल्याएको छ किनभने कम्पनीहरूले लागत घटाउने र काम गर्ने नयाँ तरिकाहरू अपनाएका थिए। तर यसले आगामी दिनमा श्रमिकहरूले ‘गति बढिरहेको अटोमेसन र कोविड १९ को मन्दीबाट हुने पतन’ बाट दोहोरो खतरा सामना गर्नु परेको मञ्चले चेतावनी दिएको छ।

मञ्चका प्रबन्ध निर्देशक सादिया जाहिदीले भने, ‘यी चीजहरूले गर्दा श्रम बजारमा विद्यमान असमानताहरू गहिरिईसकेका छन् र २००७-२००८ को वैश्विक वित्तीय संकटपछि रोजगारीमा विपरित लाभ आएको छ।’

‘यो एक दोहोरो अवरोध परिदृश्य हो जसले यो कठिन समयमा श्रमिकका लागि अर्को रोकावट प्रस्तुत गर्दछ। सक्रिय व्यवस्थापनको लागि अवसरको झ्याल यस परिवर्तनमा द्रुत गतिमा बन्द हुँदैछ।’

मञ्चकाअनुसार हाल भईरहेका कामको एक तिहाइ काम मेशिनले हेरेका थिए भने बाँकी काम मानिसहरुले गरेका थिए तर सन् २०२५ सम्ममा सन्तुलन परिवर्तन हुनेछ।

सल्लाह, निर्णय लिने, तर्क गर्ने, सञ्चार गर्ने र अन्तर्क्रिया जस्ता मानव सीपहरूमा निर्भर रहने भूमिकाहरूको माग भने बढ्ने छ।

तर यसले भनेको छ कि लाखौं नियमित हुने वा म्यानुअल रोजगारी प्रविधिद्धारा विस्थापित हुनेछन्, जसले गर्दा सबैभन्दा कम तलब पाउने, न्यून दक्ष कामदारहरुलाई बढी प्रभावित गर्नेछ। एजेन्सी

easy care

प्रकाशित: ६ कार्तिक २०७७, बिहीबार

ताजा समाचार