बैंक अफ काठमाण्डूको ‘बिओके स्मार्ट डिजिटल दक्षिणा’ योजना, नगदै उपहार पाईने

Technology Khabar ५ कार्तिक २०७७, बुधबार

बैंक अफ काठमाण्डूको ‘बिओके स्मार्ट डिजिटल दक्षिणा’ योजना, नगदै उपहार पाईने

काठमाडौं ।

बैंक अफ काठमाण्डूले बिओके स्मार्ट डिजिटल दक्षिणा योजना ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन दिनको लागि डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको बडा दशैंमा ब्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन अनुरोध गरेको छ। जसमा रुपैयाँ नगद उपहारको योजना ल्याएको छ।

साथै, चाडपर्वलाई हर्षउल्लासको साथ मनाउन बैंकको ग्राहक महानुभावहरुले तिन पटक भिन्न-भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १ हजार वा सोभन्दा बढी भएमा सय नगद उपहारको लागि योग्य हुनेछन् ।

यसको लागि बैंकले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्ने हुन्छ।

ग्राहक महानुभावहरुले रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने ब्यक्ति फरक/फरक हुनुपर्नेछ । उक्त दक्षिणा प्रदान गर्दा ग्राहकहरुले ३ कारोबार गर्दा १ हजारभन्दा बढी हुनुपर्ने व्यवस्था गरिएको छ।

ग्राहकहरुले दक्षिणा दिँदा बैंकको मोबाइल बैंकिङ्गमा भएको फोनपेमार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ । ग्राहकले कारोबारको विवरणमा दक्षिणा राख्नुपर्ने बैंकले जनाएकोछ।

easy care

प्रकाशित: ५ कार्तिक २०७७, बुधबार

ताजा समाचार