एप्पलले आफ्नै चिपसहितको म्याकबुक नोभेम्बर १७ मा लन्च गर्दै

Technology Khabar १ कार्तिक २०७७, शनिबार

एप्पलले आफ्नै चिपसहितको म्याकबुक नोभेम्बर १७ मा लन्च गर्दै

काठमाडौं ।

यस महिना एप्पलले पहिलो आईफोन १२ र १२ प्रो लन्चका साथमा प्रिअर्डर र बिक्रीको काम गर्दैछ। अन्य दुई फोनहरु भने अर्को महिना आउनेछ, तर नोभेम्बरलाई अर्को प्रमुख इभेन्टको रूपमा कम्पनीले तयारी गरिरहेकोछ । जसमा एप्पलद्वारा संचालित म्याकबुकहरूको आधिकारिक लन्च गरिनेछ।

कम्पनीले डब्ल्यूडब्ल्यूडीसीको बखत गत जूनमा इन्टेलबाट आफ्नै सिलिकन हार्डवेयरतिर फर्कने घोषणा गरेको थियो। यद्यपि, त्यस दिनको अनावरण केवल एप्पल ए१२ जेड बायोनिकद्वारा संचालित म्याक मिनी आधारित विकासकर्ता ट्रान्जिसन टूलकिट मात्र थियो।

लीकस्टर जोन प्रोसेसरले हालै एआरएम म्याक इभेन्ट नोभेम्बर १७ को लागि निर्धारित गरिएको बताएका छन्। एप्पलले आधिकारिक रूपमा एक हप्ता पहिले नोभेम्बर १० मा मिति पुष्टि गर्ने उनले बताए।

अनौपचारिक जानकारी तथा सुझाव अनुसार १२ इन्चको म्याकबुक एप्पलद्धारा डिजाइन गरिएको चिपसेटद्वारा संचालित पहिलो म्याक ओएस डिभाइस हुनेछ। र त्यो चिपसेट एप्पल ए१४एक्स हुनेछ, जून आईफोन र आईप्याडमा प्रयोग भएको ए१४को अपग्रेड संस्करण हुनेछ।

तर यो जानकारी एप्पलद्वारा पुष्टि गरिएको छैन। यसले भनेको छ कि म्याकलाई यसको आफ्नै सिलिकनमा पूर्ण रूपान्तरण गर्न करीब दुई बर्ष लाग्नेछ, त्यसैले अर्को पुस्ता वा दुई पुस्तासम्म इंटेलद्धारा संचालित म्याक नै आउने आशा गर्न सकिन्छ। एजेन्सी

easy care

प्रकाशित: १ कार्तिक २०७७, शनिबार