चन्द्रागिरि हिल्स लिमिटेड चन्द्रागिरि हिल्सले ल्यायो फेस्टिभ अफर

Technology Khabar ७ आश्विन २०७७, बुधबार

चन्द्रागिरि हिल्स लिमिटेड चन्द्रागिरि हिल्सले ल्यायो फेस्टिभ अफर

काठमाडौं ।

चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ तिहारको अवसर पारेर बिशेष अफर सार्वजनिक गरेको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिसोटमा ६,५००।– (छ हजार पाँच सय मात्र) मा एक जोडिका लागि ब्रेकफास्ट र डिलक्स रुम सहतिको प्याकेज सार्वजनिक गरेको छ ।

यो अफर आजैदेखि लागु भइ १५ मङ्सिर २०७७ तद्अनुसार ३० नोबेम्बर २०२० सम्मका लागि मान्य हुने व्यवस्था गरिएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ७ आश्विन २०७७, बुधबार