कृषि विभागले भन्यो- कृषि सामाग्रीको अनलाइन बजारमा अवरोध नगर

Technology Khabar १५ भाद्र २०७७, सोमबार

कृषि विभागले भन्यो- कृषि सामाग्रीको अनलाइन बजारमा अवरोध नगर

काठमाडौं ।

कृषिजन्य उत्पादनको अनलाइन बजार र होम डेलिभरी जस्ता कार्य नरोक्न कृषि विभागले अनुरोध गरेको छ ।

विभागले प्रेस विज्ञप्ति जारी गर्दै कृषि उपज बेच्ने अनलाइन बजार रोकिएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

कोभिड-१९ विषयमा विभागबाट जारी गरिएको सुरक्षाको उपाय र मापदण्ड अबलम्बन गर्न र कृषकहरुलाई अनलाइन डेलीभरी सेवा सुचारु गर्न दिन प्रहरी प्रशासनलगायत सबैसँग आग्रह गरेको छ ।

‘कृषि उपज उत्पादन तथा वितरण प्रणाली खलबलिन नदिनको लागि विद्युतीय बजार अनलाइन मार्केटिङ्ग लगायतका बजारीकरणका माध्यमहरुलाई सहजीकरण गर्न आवश्यक छ,’ विभागले विज्ञप्तिमा भनेको छ ।

कृषिजन्य उत्पादनको वितरणमा अवरोध पुर्‍याउँदा कृषकले गरेको उत्पादन बिक्री हुन नसकि खेर जाने र अर्को तर्फ उपभोक्तालाई सहजरुपमा वस्तु उपलब्ध नहुने अवस्था सिर्जना हुने विभागले जनाएको छ।

 

easy care

प्रकाशित: १५ भाद्र २०७७, सोमबार