विश्वव्यापी स्मार्टफोन बजार १४ प्रतिशतले घटेर २८ करोड ४७ लाख युनिटमा सिमित

Technology Khabar १६ श्रावण २०७७, शुक्रबार

विश्वव्यापी स्मार्टफोन बजार १४ प्रतिशतले घटेर २८ करोड ४७ लाख युनिटमा सिमित

काठमाडौं ।

सन् २०२० को दोस्रो त्रैमासमा विश्वव्यापी स्मार्टफोन बजार १४ प्रतिशतले संकुचित भई २८ करोड ४७ लाख युनिटमा झरेको क्यानालिसको अनुसन्धानले देखाएको छ।

सो अवधिमा स्मार्टफोन कम्पनीहरुमध्ये एप्पल एकल मात्र ठूलो विक्रेता हो, जसले सो अवधिमा बिक्रीमा वृद्धि गर्न सफल भएको छ।

कम्पनीले सो अवधिमा वार्षिक दरको आधारमा करिब २५ प्रतिशतले वृद्धि गर्दै ४करोड ५१ लाख यूनिट बेचेको छ।

बिक्रीको आधारमा यो गिरावटको लगातार दोस्रो त्रैमास हो। बजारको लिडर सामसङलाई सबैभन्दा बढी असर परेको छ भने ह्वावे पहिलो स्थानमा आईपुगेको छ ।

तेस्रो स्थानमा एप्पल रहेको छ भने शाओमी चौथो स्थानमा रहेको छ । ओपोले भने भिभोबाट पाँचौं स्थान खोसेर आफूले लिएको छ ।

क्यानालिसले एप्पलको वृद्धि नयाँ आईफोन एसईका साथ बढेको अनुमान गरेको छ, जसले यसको विश्वव्यापी खण्डको २८ प्रतिशत ओगटेको छ, जबकि आईफोन ११ पनि ससक्त विक्रेता बनेको छ र कम्पनीको बिक्रीको करिब ४० प्रतिशत ओगटेको छ।

एप्पलको अर्को प्रमुख प्रकाशनमा ढिलाइ भएको अवस्थामा आईफोन एसई यस वर्ष भोल्युम बढाउन निकै महत्त्वपूर्ण रहने क्यानालिस विश्लेषकले बताए।

एप्पलले चिनियाँ बजारमा निकै राम्रो प्रदर्शन गरिरहेको छ ।

 

easy care

प्रकाशित: १६ श्रावण २०७७, शुक्रबार