राष्ट्र बैंकले अब भुक्तानी सेवा प्रदायक र प्रणाली संचालकको नयाँ अनुमति पत्र नदिने

Technology Khabar ४ श्रावण २०७७, आईतवार

राष्ट्र बैंकले अब भुक्तानी सेवा प्रदायक र प्रणाली संचालकको नयाँ अनुमति पत्र नदिने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा संचालन गर्ने नयाँ अनुमति आइतवारबाट रोकेको छ ।

राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक (पीएसपी) को नयाँ अनुमतिपत्र दिन आइतबारबाट स्थगन गरेको जानकारी दिएको छ ।

बैंकले यअसघि सैद्धातिक सहमति प्रदान गरिए (आशय पत्र प्राप्त गरिसकेका) संस्थावाहेक नयाँ अनुमतिपत्र प्रदान गर्ने काम रोकिएको जनाएको छ।

राष्ट्र बैंकले चालु आवको लागि मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो अनुमति पत्र दिने कार्य बन्द गर्ने घोषणा गरेको थियो। मौद्रिक नीतिमा भएको ब्यवस्था अनुसार राष्ट्र बैंकले आइतबार लाइसेन्स बन्द गरेको हो।

मौद्रिक नीतिमा पीएसपीको अनुमति पाएका संस्थाले २०७८ असार मसान्तसम्ममा कम्तिमा ३ लाख ग्राहक नपुर्याउनुपर्ने र मासिक औषत कारोबार संख्या कम्तिमा ६ लाख पुर्याउनुपर्ने नत्र संस्थाको अनुमति पत्र खारेज गर्ने ब्यवस्था रहेको छ।

सोही नीतिअन्तरगर हाल राष्ट्र बैंकले अनुमति पत्र स्थगन गरिएको जानकारी दिएको हो ।

easy care

प्रकाशित: ४ श्रावण २०७७, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार