पठाओका संस्थापक फाहिम सलेहको हत्या अभियोगमा उनकै सहायक पक्राउ

Technology Khabar ४ श्रावण २०७७, आईतवार

पठाओका संस्थापक फाहिम सलेहको हत्या अभियोगमा उनकै सहायक पक्राउ

काठमाडौं ।

अघिल्लो साता अमेरिकामा हत्या गरिएका राइड शेयरिङ्ग प्लेटफर्म पठाओका संस्थापक फाहिम सलेहको हत्या अभियोगमा उनकै सहायकलाई पक्राउ गरिएको छ ।

उनकै सहायक २१ वर्षिय यारेस हास्पिललाई सेकेण्ड डिग्री हत्या अभियोगमा पक्राउ गरिएको न्यूयोर्कको प्रहरीले बताएको छ ।

३३ वर्षिय टेक उद्यमी फाहिमको शरिर क्षतविक्षत अवस्थामा उनकै आफ्नो म्यानहटन अपार्टमेन्टमा फेलापरेको थियो ।

उनको हत्या अभियोगमा पक्राउ परेका एक्जुकेटिभ असिस्टेन्ट हास्पिलले सलेहको हजारौं डलर राखेको अनुमान गरिएको छ ।

प्रहरीले यसलाई वित्तीय तथा व्यक्तिगत कारणहरुले हत्या भएको अनुमान गरेको छ ।

आरोपितले मृतकको रकम लिएको प्रहरीले बताएको छ ।

सलेहले बंगलादेशमा राइड शेयरिङ्ग प्लेटफर्म पठाओको स्थापना गरेका थिए र पछि पठाओ नेपालमा पनि लोकप्रिय भएको थियो ।

त्यसैगरि उनले नाइजेरियामा मोटरबाइक ट्याक्सी एप गोकाडा समेत स्थापना गरेका थिए । एजेन्सीका साथ

यो पनि हेर्नुस्-

पठाओका संस्थापक तथा टेक उद्यमी फाहिम सलेहको अमेरिकामा हत्या

easy care

प्रकाशित: ४ श्रावण २०७७, आईतवार