इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी

Technology Khabar १८ असार २०७७, बिहीबार

इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी

काठमाडौं ।

इलेक्ट्रिक कारहरू बनाउने अमेरिकी कम्पनी टेस्ला २०९ अर्ब डलर मूल्यसहित विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी भएको छ।

टेस्लाले जापानी कम्पनी टोयोटालाई पनि पछाडि पारेर पहिलो स्थानमा पुगेको हो । टोयोटाले अहिले सम्मको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि पाएको थियो ।

अर्बपति एलन मस्कको इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले चाँडै १ ट्रिलियन डलरको बजार मूल्य हासिल गर्नेछ र यसको कारणमा विद्युतीय सवारीहरूको मागको निरन्तर बढ्दो क्रमलाई मानिएको छ।

बुधवार टेस्लाको सेयर ४ प्रतिशत भन्दा माथि पुगेर १,१०० डलर प्रति शेयरमा पुगेको थियो। सेयरमा आएको तिब्रवृद्धिले गर्दा टेस्लाको मूल्य २०९ अर्ब डलर पुगेको हो । शेयरको बूमले टोयोटाको २०५ अर्ब डलर बजार मूल्यलाई पछाडि पारेको हो ।

टेस्लाको सेयर मूल्य बढेसँगै यसले मस्कलाई पनि राम्रो हुनेछ । किनभने यसले सैद्धान्तिक रूपमा उनलाई ५५ अर्ब डलरको बोनस प्रदान गर्न सक्छ। एजेन्सीका साथ

easy care

प्रकाशित: १८ असार २०७७, बिहीबार