लाजिम्पाटमा अनुमतिविना ड्रोन उडाउने चारजना पक्राउ

Technology Khabar १८ असार २०७७, बिहीबार

लाजिम्पाटमा अनुमतिविना ड्रोन उडाउने चारजना पक्राउ
सांकेतिक

काठमाडौं ।

प्रहरीले काठमाडौं भित्रै अनुमतिविना ड्रोन उडाउने चारजनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा अनुमति बिना ड्रोन उडाएपछि मार्चिङ एण्ड प्रालिका कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ललितपुर महानगरपालिका १० का ३१ वर्षीय रवि शाक्यसहित सोही कार्यालयका अन्य तीनजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लाजिम्पाटमा ड्रोन उडाएको भन्ने सूचनाका आधारमा जानकारी हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले उडाएको ड्रोन निषेधित क्षेत्रमा पुगेकोले अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

easy care

प्रकाशित: १८ असार २०७७, बिहीबार