तोकियो भुक्तानी सेवा प्रदायकको संचालक र प्रमुख कार्यकारी अधिकृतको योग्यता

Technology Khabar १ असार २०७७, सोमबार

तोकियो भुक्तानी सेवा प्रदायकको संचालक र प्रमुख कार्यकारी अधिकृतको योग्यता
फाइल

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीको संचालक र प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता र संख्या तोकेको छ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि नयाँ बिनियमावली ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७’ लागू गरेर भुक्तानी सेवा प्रदायक कम्पनीको संचालक र प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता र संख्या तोकेको हो।

नयाँ योगयताअनुसार त्यस्ता कम्पनीमा कम्तीमा एकतिहाई सञ्चालक मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा वाणिज्य वा व्यवस्थापन वा जनप्रशासन वा कम्प्युटर इन्जिनियरिङ वा कम्प्युटर साइन्स वा वाणिज्य कानूनमा स्नातक तह उत्तीर्ण हुनु पर्ने ब्यबस्था गरिएको छ ।

त्यस्तै कम्तीमा एकतिहाई सञ्चालक बैंकिङ वा सूचना प्रविधि वा भुक्तानी सेवाको क्षेत्रमा कम्तीमा तीन वर्षको कार्य अनुभव प्राप्त हुनु पर्ने ब्यबस्था गरिएको छ ।

त्यस्ता कम्पनीमा कम्तीमा तीनजना देखि बढीमा सात जनासम्म सञ्चालकहरू रहनु पर्ने व्यवस्था गरेको छ ।

संस्थाको सञ्चालक समितिको अध्यक्षले बैंकको डेपुटी गभर्नर वा विभागको कार्यकारी निर्देशक समक्ष र अन्य सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले सञ्चालक समितिको अध्यक्ष सपथ ग्रहण गर्नु पर्ने ब्यबस्था विनियमावलीले गरेको छ । त्यस्तै विनियमावलीले २५ वर्ष पूरा भएको र ६० वर्ष ननाघेको नेपाली नागरिक संस्थाको प्रमुख कार्यकारी हुन् सक्ने ब्यबस्था गरेको छ ।

भुक्तानी सेवा प्रदायक कम्पनीको सीइओ हुनको लागि चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्य शास्त्र, व्यापार प्रशासन, इलेक्ट्रोनिक्स, सूचना प्रविधि र कम्प्युटर विज्ञान विषयमध्ये कुनै एकमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र वा सूचना प्रविधि वा कम्प्युटर प्रणाली वा त्यस्तो कार्य गर्ने संस्थाको अधिकृत वा सोभन्दा माथिको पदमा कम्तीमा तीन वर्षको कार्य अनुभव भएको हुनु पर्ने छ ।

easy care

प्रकाशित: १ असार २०७७, सोमबार