जनरल मोटर्सले १० लाख माईलसम्म कुद्ने ईलेक्ट्रिक भेहिकल ब्याट्री विकास गर्दै

Technology Khabar ८ जेष्ठ २०७७, बिहीबार

जनरल मोटर्सले १० लाख माईलसम्म कुद्ने ईलेक्ट्रिक भेहिकल ब्याट्री विकास गर्दै

काठमाडौं ।

जनरल मोटर्स कम्पनीले १० लाख माइलसम्म चार्ज गर्नु नपर्ने सक्ने ईलेक्ट्रिक भेहिकल ब्याट्री विकासको अन्तिम चरणमा पुगेको बताएको छ ।

अटो मेकर कम्पनीले नयाँ पुस्ताको ब्याट्री निर्माणको क्रममा रहेको छ जून नयाँ अल्टियम ब्याट्रीभन्दा एडभान्स हुनेछ, जून गएको मार्चमा सार्वजनिक गरिएको थियो ।

यस्तो जानकारी जनरल मोटर्सका कार्यकारी भाइस प्रेसिडेन्ट डग पार्कसले अनलाइन इन्भेस्टर कन्फरेन्समा दिएका हुन् ।

तर उनले १० लाख माईल सम्म चल्ने ब्याट्री कहिलेसम्म आउँछ भन्ने कुनै स्पष्ट अवधि भनेनन् । तर यसमा विभिन्न टिमहरु कम्पनीमा काम गरिरहेको र उनीहरुले जीरो कोबाल्ट इलेक्ट्रोड, सोलिड स्टेड इलेक्ट्रोलाइट्स र अल्ट्रा फास्ट चार्जिङ्गमा काम गरिरहेका छन् ।

इलेक्ट्रिक भेहिकल ब्याट्रीहरु सामान्यतया १ लाख देखि २ लाख माईलसम्म चल्ने गर्दछन् ।

यसबाहेक कम्पनीले ओहियोमा कोरियन पार्टनर एलजी केमसँगको ज्वाइन्ट भेन्चरमा अल्टियम सेल्स एलएलसी स्थापना गर्दै २.३ अर्ब डलर इलेक्ट्रिक भेहिकल ब्याट्री उत्पादनमा लगानी गर्ने घोषणा समेत गरेको छ। एजेन्सी

easy care

प्रकाशित: ८ जेष्ठ २०७७, बिहीबार

ताजा समाचार