मेगा बैंकबाट सातै प्रदेशलाई ५–५ लाख हस्तान्तरण

Technology Khabar २६ चैत्र २०७६, बुधबार

मेगा बैंकबाट सातै प्रदेशलाई ५–५ लाख हस्तान्तरण

काठमाडौं ।

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि नेपालका ७ वटै प्रदेशलाई ५–५ लाख रुपैंया हस्तान्तरण गरेको छ ।

६ वटै प्रदेशमा रकम हस्तान्तरण गरिसकेको मेगा बैंकले पछिल्लोपटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण गरेको छ । मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे।

मेगा बैंक संचालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५–५ लाख गरी ३५ लाख रुपैंया सहयोग गरेको हो ।

यसैगरी, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा मेगा बैंकले १ करोड रुपैयाँ सहयोग गरेको जनाएको छ ।

easy care

प्रकाशित: २६ चैत्र २०७६, बुधबार

ताजा समाचार