अमेजनका संस्थापक जेफ विश्वकै धनी हुँदा माइक्रोसफ्टका गेट्स दोस्रो, फेसबुकका मार्क भने ७ औं भए

Technology Khabar २६ चैत्र २०७६, बुधबार

अमेजनका संस्थापक जेफ विश्वकै धनी हुँदा माइक्रोसफ्टका गेट्स दोस्रो, फेसबुकका मार्क भने ७ औं भए

काठमाडौं ।

टेक कम्पनी अमेजनका संस्थापक तथा सिईओ जेफ बेजोस लगातार तेस्रो वर्ष विश्वको धनी व्यक्ति हुन सफल भएका छन् । हालै फोर्ब्सले जारी गरेको विश्वका धनीहरुको सूचीमा बेजोस ११३ अर्ब डलरका साथमा पहिलो स्थानमा रहेका छन् ।

यसअघि पनि विश्वको धनी रहेका बेजोसले आफ्नी पत्नि म्याकेन्जी बेजोससँगको सम्बन्धबिच्छेदमा ४० अर्ब डलर दिनुपरेको थियो । जसले गर्दा उनको खुद सम्पत्ति गत वर्ष १८ अर्ब घटेको थियो ।

तर गत वर्ष नै स्टकको मूल्यमा भएको वृद्धिसँगै त्यसलाई करिब करिब हासिल गरेका छन् । जसले गर्दा तेस्रो वर्षपनि उनी फोब्र्सको ग्लोबल बिलेनियरको सूचीमा पहिलो हुन पुगे ।

अर्को टेक कम्पनी माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स भने दोस्रो स्थानमा छन् । उनको सम्पत्तिमा १.५ अर्ब डलरको वृद्धि हुँदै ९८ अर्ब डलर पुगेको छ ।

तेस्रो स्थानमा स्टक बजारका बादशाह वारेन बफेटलाई चौथो नम्बरमा पार्दै बर्नाड आर्नोल्ट र उनको परिवार रहेको छ । उनीसँग ७६ अर्ब डलर सम्पत्ति रहेको छ ।

विश्वका धनीहरुको सूचीको ७ औं नम्बरमा फेसबुकका मार्क जूकरबर्ग रहेका छन् । मार्कको सम्पत्ति ५४.७ अर्ब डलर रहेको छ । उनी भन्दा अगाडि पाँचौं नम्बरमा टेक कम्पनी ओर्याकलका संस्थापक ल्यारी एलिसन ५९ अर्ब डलरसहित अगाडि रहेका छन् ।

११ औं नम्बरमा माईक्रोसफ्टकै स्टीभ वाल्मर रहेका छन् । उनको कुल सम्पत्ति ५२.७ अर्ब डलर रहेको छ ।

सूचीको १२ औं नम्बरमा टेलिकम कम्पनी अमेरिका मोभिलका कार्लोस स्लीम ५२.१ अर्ब डलरसहित रहेका छन भने गूगलका संस्थापकद्धय ल्यारी पेज र सर्गेई ब्रिन क्रमशः ५०.९ अर्ब डलर र ४९.१ अर्ब डलरसहित क्रमश १३ औं र १४ औं नम्बरमा छन् ।

बिलेनियरको सूचीको प्रमुख ५ मध्ये तीन जना टेक्नोलोजी क्षेत्रबाट रहेका छन् ।

easy care

प्रकाशित: २६ चैत्र २०७६, बुधबार