ग्यापु अनलाइन सपिङले निशुल्क डेलिभरीसहित घरदैलोमा सामाग्री पुर्याउने

Technology Khabar २३ चैत्र २०७६, आईतवार

ग्यापु अनलाइन सपिङले निशुल्क डेलिभरीसहित घरदैलोमा सामाग्री पुर्याउने

काठमाडौं ।

लकडाउनको उद्देश्य सामाजिक दूरी कायम राख्नु भएको हुँदा काठमाडौं उपत्यकावासी सबै घर भित्रै रहन वाध्य भएपछि पसलसम्म पुगेरै अत्यावश्यक समाग्रीको खरिद गर्नु कठिन र जोखिमपूर्ण भएको छ।

काठमाडौंवासीको यसै असुविधालाई मध्यनजर गर्दै ग्यापु(Gyapu) अनलाइन सपिङले यसै चैत्र २१ (अप्रिल ३) देखि दैनिक उपभोगका अत्यावश्यक सामाग्री सुपथ मूल्यमा बिना डेलिभरी शुल्क खरिदकर्ताको घरदैलोसम्म पुर्याउने सेवा आरम्भ गरेको छ।

अनलाइन ट्राभल एण्ड टुरिजम प्लेटफर्म एक्सेल ट्रिप ग्रुपअन्तरगतको सपिङ्ग प्लेटफर्म ग्यापुको उद्देश्य बन्दावन्दीको अवस्थामा रहेका काठमाडौं उपत्यकावासीको घरदैलोमै पुगेर घरेलु उपभोगका समाग्री सुपथ मूल्यमा छिटो छरितो पुर्याउनु रहेको कम्पनीले जानकारी दिएको छ।

यस अनलाइनमार्फत खरिद गर्ने ग्राहकले इसेवा, फोन पे वा सोझै सामान प्राप्त गरेको वेला नगद भुक्तानी गर्न सक्नेछन्। खरिद गरिने समाग्रीको मूल्य न्यूनतम १००० (एक हजार) रूपियाँ हुनु पर्नेछ।

सेवामा अत्यावश्यक उपभोगका समाग्री जस्तै ताजा तरकारी र फलफूल, पिउने पानी, खाना पकाउने ग्यास आदि रहेका छन्। माग भएको २४ घण्टा भित्र विना कुनै डेलिभरी शुल्क हामी उपभोक्ताको घर दैलो मै पुगेर सामान हस्तान्तरण गर्ने कम्पनीको भनाई छ।

ती सामाग्री उपभोक्तासमक्ष पुग्नुअघि भाइरसमुक्त बनाउनका लागि निर्मलीकृत गरिने बताईएको छ। अनलाइनले अन्न, स्न्याक्स र पेय पदार्थ संगसंगै सरसफाइका समाग्री जस्तै डिटर्जेन्ट, डिटोल ह्याण्ड वास समेत उपभोक्ता समक्ष पुर्याउने कम्पनीले जनाएको छ।

यस अतिरिक्त सपिङ्ग अनलाइनसँग निम्नानुसार चार प्याकेज पनि छन्-

१. वेसिक (आधारभूत) प्याक (जीरा मसिनो चामल, मसुरोको दाल, आटा (पिठो), सनफ्लावर तेल, डाइजेस्टिभ विस्कुट)
२. सिल्भर प्याक (जीरा मसिनो चामल, रहरको दाल, आटा (पिठो), प्रेमियो लाइट सनफ्लावर तेल, हल्दीराम भुजिया)
३. गोल्ड प्याक (वासमती चामल, प्रेमियो लाइट रिफाइन्ड सनफ्लावर तेल, चक्की आटा (पिठो), बटर बाइट, मसुरोको दाल, सनफ्लावर तेल)
४. हल्दीराम प्याक (आलु भुजिया, भुजिया मसला-सादा, मुंगको दाल, रसगुल्ला, सोनपापडी)

सामान माग भएको २४ घण्टा भित्रै उपभोक्ताको घरदैलोमा पुर्याउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

easy care

प्रकाशित: २३ चैत्र २०७६, आईतवार