६४ मेगापिक्सलको क्वाड क्यामरा सेटअप सँगै ग्यालेक्सी ए७१ भारतमा लन्च

Technology Khabar ९ फाल्गुन २०७६, शुक्रबार

६४ मेगापिक्सलको क्वाड क्यामरा सेटअप सँगै ग्यालेक्सी ए७१ भारतमा लन्च

काठमाडौं ।

काठमाडौं । केहि समयदेखि सामसङले लागातार भारतीय मार्केटमा एकपछि अर्को गर्दै नयाँ स्मार्टफोनहरु लन्च गर्दै आईरहेको छ । अहिले सामसङले भारतीय बजारबाट एक नयाँ स्मार्टफोन ग्यालेक्सी ए७१ को ग्लोबल लन्च गरेको छ । यस स्मार्टफोनका क्वाड क्यामरा सेटअपसँगै इनफिनिटी ओ डिस्प्ले रहेको छ ।

ग्यालेक्सी ए७१ लाई प्रिज्म क्रश सिल्भर, ब्ल्यु र ब्ल्याक कलरको भेरियन्टहरुमा पेश गरिएको छ । भारतमा यसको बिक्री २४ फरवरीबाट अफलाइन रिटेल स्टोरहरु सहित सामसङ ओपरा हाउस, सामसङ ई शप र ई कर्मश वेबसाइटबाट हुने छ । ग्यालेक्सी ए७१ लाई एकै भेरियन्टमा लन्च गरिएको छ । यस स्मार्टफोनमा ८जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ । यस स्मार्टफोनको मुल्य भारतमा २९,९९९ भारु राखिएको छ ।

कम्पनीको यस स्मार्टफोनमा ६.७ इन्चको फुल एचडि प्लस डिस्प्ले रहेको छ । यो सुपर एमोलेड रहेको र यसमा इनफिनिटी ओ प्रयोग गरिएको कम्पनीले बताएको छ । ग्यालेक्सी ए७१ मा क्वालकम स्नापड्रयागन ७३० प्रोसेसर प्रयोग भएको छ र यो एन्ड्रोएड १० बेस्ड सामसङको कस्टम यूजर इन्टरफेसमा रन गर्दछ । यस स्मार्टफोनको स्टोरेजलाई माइक्रो एसडिकार्डको सहयोगमा ५१२ जीबीसम्म बढाउन सकिन्छ ।

कम्पनीले यस स्मार्टफोनमा क्वाड क्यामरा सेटअप प्रदान गरेको छ । यसको प्राईमरी क्यामरा सेन्सर ६४ मेगापिक्सेलको रहेको छ । त्यस्तै यसमा ५ मेगापिक्सलको डेप्थ सेन्सिंग क्यामरा, एक ५ मेगापिक्सेलको माइक्रो क्यामरा र १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स रहेको छ । यस स्मार्टफोनमा सेल्फिको लागी ३२ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । यस स्मार्टफोनको प्राइमरी क्यामराले सुपर स्टेडी भिडियो र यूएचडि रेकर्डिंगलाई सर्पोट गर्दछ । यसको फ्रन्ट क्यामराबाट स्लोमो सेल्फि पनि लिन सकिन्छ ।

ग्यालेक्सी ए७१ मा ४,५०० एमएएचको ब्याट्री रहेको छ । यसको यसमा २५ वाटको सुपर फास्ट चार्जिंगको सर्पोट पनि रहेको छ । यस स्मार्टफोनमा अन्डर डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर दिईएको छ ।

easy care

प्रकाशित: ९ फाल्गुन २०७६, शुक्रबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार