आइफोनबाट एन्ड्रोएड फोनमा ह्वाट्सएप म्यासेज ट्रान्सफर गर्न यी तरिकाहरु अपनाऔँ

Technology Khabar ७ फाल्गुन २०७६, बुधबार

आइफोनबाट एन्ड्रोएड फोनमा ह्वाट्सएप म्यासेज ट्रान्सफर गर्न यी तरिकाहरु अपनाऔँ

काठमाडौं ।

काठमाडौं । ह्वाट्सएप आईओएस र एन्ड्रोएड दुबैको लागी उपयुक्त रहेको छ । कहिले काँहि प्रयोगकर्ताहरुले आइओएसबाट एन्ड्रोएड फोनमा आफ्नो ह्वाट्सएप म्यासेजलाई ट्रान्सफर गर्न चाहन्छन् तरपनि उनिहरुलाई यसको सजिलो तरिका थाहा नहुन सक्दछ । र यसको कारणले प्रयोगकर्ताको आफ्नो ह्वाट्सएप म्यासेज डिलिट हुने गर्दछ ।

यदि तपाईँलाई पनि आईओएसबाट एन्ड्रोएड फोनमा आफ्नो ह्वाट्सएप म्यासेजलाई शिफ्ट गर्नु छ भने तल दिएका सजिलो तरिका फलो गर्न सक्नुहुन्छ ।

यो तरिकालाई एन्ड्रोएड सेन्ट्रलले बताएको हो जसबाट एप्पलको वर्ल्ड गार्डेन बाइपास हुनेछ । यसैको कारणले तपाईले म्यासेजलाई एप्पलबाट एन्ड्रोएडमा शिफ्ट गर्न सक्नुहुनेछ ।

– आफ्नो आईफोनमा रहेको ह्वाट्सएपमा जानुहोस, र जुन च्याटलाई एक्सर्पोट गर्न चाहनुहुन्छ त्यसलाई देब्रेतर्फ स्वाइप गर्नुहोस्,

– त्यसपछि मोर बटनमा ट्याप गर्नुहोस्,

– सँगै रहेको एक्सपोर्ट च्याट अप्शनलाई सेलेक्ट गर्नुहोस्,

– यसपछि दाहिने कर्नरमा रहेको सेन्ड आइकन लाई दबाउनु होस् । यसपछि जुन च्याटलाई तपाईँ रिस्टोर गर्न चाहनुहुन्छ त्यसलाई रिपीट गर्नुहोस् । यद्पी, तपाईले यो प्रोसेस निकै सजिलो नभएको कुरालाई ध्यानमा राख्नुपर्ने हुन्छ । यदि तपाईँ धेरै च्याटलाई रिस्टोर गर्न चाहनुहुन्छ भने यो निकै झन्झटिलो हुन सक्दछ । तपाईले ह्वाट्सएपलाई एन्ड्रोएडमा सेट गरिसकेपछि उक्त म्यासेजहरुलाई मेलमा रिट्रीभ गर्न पनि सक्नुहुन्छ ।

म्यासेज इम्पोर्ट गर्ने तरिका

– आफ्नो एन्डोएड डिभाइसबाट सम्बन्धित इमेल खोल्नुहोस,

– आफ्नो एन्ड्रोएड फोनको सबै लिंकहरुलाई डाईरेक्टिली खोल्नुहोस,

– आफ्नो एन्ड्रोएड फोनमा ह्वाट्सएप डिलीट गरेर यसलाई फेरी रिइन्सटल गर्नुहोस,

– रिस्टोर अप्शनमा ट्याव गर्नुहोस जसले तपाईँको सेटअप मेन्यु स्क्रिनमा लिएर जाने छ,

– ह्वाट्सएपले यसलाई रिस्टोर गर्नेबेलासम्म पर्खनुहोस, यसपछि तलको नेक्स्ट बटममा क्लिक गर्नुहोस् ।

– एक पटक ह्वाट्सएपले तपाईँले डाउनलोड गरेको ब्याकअपलाई रिस्टोर गरेपछि तपाईको सबै च्याट एन्ड्रोएड फोनमा देखिन सुरु हुन्छ ।

यसपछि यदि तपाई आफ्नो फोनमा रहेको म्यासेजलाई ब्याकआप गर्न चाहनुहुन्छ भने तपाईले गूगल ड्राइभबाट यसको ब्याकअप लिन सक्नुहुन्छ ।

easy care

प्रकाशित: ७ फाल्गुन २०७६, बुधबार

ताजा समाचार