इन्ट्यान्ट म्यासेन्जिङ्ग एप ह्वाट्सएपको यूजर संख्या २ अर्ब पुग्यो

Technology Khabar २ फाल्गुन २०७६, शुक्रबार

इन्ट्यान्ट म्यासेन्जिङ्ग एप ह्वाट्सएपको यूजर संख्या २ अर्ब पुग्यो

काठमाडौं ।

काठमाडौं । इन्ट्यान्ट म्यासेन्जिङ्ग एप ह्वाट्सएपको विश्वभरमा २ अर्ब यूजर्स संख्या पुगेको छ । यसअधि २०१८ को आधिकारीक आंकडा अनुसार ह्वाट्सएपको १.५ अर्व यूजर्स रहेका थिए । ह्वाट्सएपलाई फेसबुकले २००९ मा किनेको थियो ।

ह्वाट्सएपका सिईओ विल क्याचकार्टले वालस्ट्रीट जर्नललाई कम्पनीले एन्क्रिप्शन पोलिसिमा कुनै बदलाव नगर्ने बताएका छन् । उनले ह्वाट्सएपलाई आवश्यक पर्दा कानुनी निकायलाई यूजर्सको च्याट्सको मेटाडाटा दिन पनि सक्ने जनाएका छन् ।

ह्वाट्सएपको प्राईभेसीलाई लिएर पटक पटक प्रश्न उठने गरेको छ, तरपनि कम्पनीले हालसम्म ईन्ड टू ईन्ड इन्क्रिप्सन दिने गर्दछ । ह्वाट्सएपको पेरेन्ट कम्पनी फेसबुकको कुरा गर्दा कम्पनीसँग हाल विश्वभरबाट करिव २.५ अर्व प्रयोगकर्ताहरुको साथ रहेको छ ।

हालैमा आएको एक रिर्पोटमा ह्वाट्सएपमा विज्ञापन दिने सन्दर्भमा हाल कम्पनीले रोक लगाइदिएको छ । विश्वभरमध्ये भारतमा ह्वाट्सएपको प्रयोगकर्ताहरुको संख्या अत्यधिक रहेको छ । यसै कारणले कम्पनीले भारत केद्रित सुबिधाहरु ल्याउन सुरु गरेको छ । कम्पनीले यसैको सुरुवात स्वरुप भारतमा ह्वाट्सएप पे ल्याउने तयारी गरिरहेको छ र यसमा भारत सरकारले पनि अनुमती प्रदान गरिसकेको छ ।

फेसबुकले गतवर्ष कम्पनीले क्रस प्लेटफर्ममा काम गरिरहेको बताएको थियो । यस अनुसार ह्वाट्सएप, म्यासेन्जर र इन्स्टाग्राम यूज गरेर एक अर्को एपको यूजरहरुसँग कम्युनिकेट गर्न सकिने छ। तर कम्पनीले यस फीचरलाई कहिले सार्वजनिक गर्ने छ भन्ने कुरा भने हालसम्म सार्वजनिक गरेको छैन । एजेन्सी

easy care

प्रकाशित: २ फाल्गुन २०७६, शुक्रबार

ताजा समाचार