चालु आर्थिक वर्षको मध्यावधिसम्म करिब ९ हजार स्थानिय तहमा ब्रोडब्याण्ड इन्टरनेट सेवा

Technology Khabar १ फाल्गुन २०७६, बिहीबार

चालु आर्थिक वर्षको मध्यावधिसम्म करिब ९ हजार स्थानिय तहमा ब्रोडब्याण्ड इन्टरनेट सेवा

काठमाडौं ।

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको मध्यावधिसम्म ८ हजार ९ सय १ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट सेवा बिस्तार गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको मध्यावधि समीक्षा गर्दै देशभरका विभिन्न सरकारी निकायहरुमध्ये ८ हजार ९ सय १ स्थानमा ब्रोडब्याण्ड सेवा पुर्याएको हो ।

बुधबार अर्थमन्त्रालयले मध्याबधि समिक्षाको बारेमा दिएको जानकारीअनुसार सो अवधिमा ४ सय ७ पालिकाको कार्यालय, ३ हजार ४ सय २४ वटा वडा कार्यालय, २ हजार ७ सय १८ वटा सामुदायिक माध्यमिक बिद्यालय र २ हजार ३ सय ५२ वटा स्वास्थ्य केन्द्र गरी जम्मा ८ हजार ९ सय १ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार भएको छ।त्यसैगरि सो अवधिमा नै सूचना राजमार्गअन्तरगत ९० किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको जानकारी दिएको छ ।

सोहि अवधिमा नेपाल टेलिकमले फोरजी सेवा देशभरका मुख्य शहरहरुमा बिस्तार गरेको छ भने दूरसंचार टावर लगायतका पूर्वाधारको सहप्रयोगको लागि कानूनी व्यवस्था गरिएको उल्लेख छ ।

मध्याबधि अवधिमा सरकारले थप पाँच वटा कन्सुलर सेवा विभाग, राहदानी बिभाग, निर्वाचन आयोग (मतदाता नामावली), स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अध्यागमन विभागलगायत सरकारी निकायहरूको अनलाईन सेवालाई राष्ट्रिय पोर्टलमा आवद्ध गरिएको जानकारी दिएको छ ।

त्यस्तै स्थानीय तहका लागि तयार गरिएको मोबाईल एप समीक्षा अवधिसम्म द्ध सय घण् स्थानीय तहले प्रयोग गरिरहेको छ भने सोहि अवधिमा थप पाँच कन्सुलर सेवा विभाग, राहदानी विभाग, निर्वाचन आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अध्यागमन बिभागहरुको अनलाइन सेवालाई राष्ट्रिय पोर्टलमा आबद्ध गरिएको छ ।

सूचनाको हक कार्यान्वयनको अनुगमनसम्बन्धी निर्देशिका, २०७६, सूचनाको हक कार्यान्वयनको अनुगमनसम्बन्धी निर्देशिका, २०७६, राष्ट्रिय ज्ञान पार्क (स्थापना र सञ्‍‌चालन) कार्यविधि, २०७६ र डिजिटल नेपालको फ्रेमवर्क स्वीकृत भएको सरकारले जानकारी दिँदै समिक्षा अवधिमा राष्ट्रिय भू-उपग्रह नीति, २०७६, सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक २०७६, सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७६ र दूरसञ्चार पूर्वाधार (पहिलो संशोधन) नियमावली, २०७६ तयार भई स्वीकृतिको चरणमा रहेको जानकारी दिएको छ ।

easy care

प्रकाशित: १ फाल्गुन २०७६, बिहीबार