नोकियाका तीन स्मार्टफोनहरु मोबाइल वर्ल्ड कांग्रेसमा लन्च हुने, फाइभजी स्मार्टफोन पनि ल्याउने

Technology Khabar १७ माघ २०७६, शुक्रबार

नोकियाका तीन स्मार्टफोनहरु मोबाइल वर्ल्ड कांग्रेसमा लन्च हुने, फाइभजी स्मार्टफोन पनि ल्याउने
नोकिया ७‍.२

काठमाडौं ।

काठमाडौं । फिनल्याण्डको एचएमडि ग्लोवल आउँदो महिना नोकियाका केहि स्मार्टफोन लन्च गर्ने भएको छ । कम्पनीले आउँदो महिना हुने मोबाइल वल्र्ड कांग्रेसको बेला फरवरी अन्तिमतिर लन्च गर्ने बताइएको छ । एक रिर्पोटअनुसार यसबिच कम्पनीले नोकिया १.३, नोकिया ५.२ र नोकिया ८.२ ५जी लन्च गर्ने छ ।

क्वालकम समिटमै नोकियाले ५जी स्मार्टफोन लन्च गर्ने बताएको थियो । कम्पनीले नोकिया ८.२ मा स्न्यापड्रयागन ७६५ प्रोसेसर प्रदान गर्न सक्ने छ । र यसमा ५जी कनेक्टीभिटीको लागी ५जी मोडलमा ल्याइने छ ।

नोकिया ८.२ मा क्वाड क्यामरा सेटअप हुन सक्नेछ, जसको प्राईमरी लेन्स ६४ मेगापिक्सेलको हुने छ । सेल्फीको लागी यस स्मार्टफोनमा ३२ मेगापिक्सलको मोटराइज्ड पप-अप फ्रन्ट क्यामरा हुन सक्ने छ । यस स्मार्टफोनमा साइड माउन्टडे फिंगरप्रिन्ट स्क्यानर हुन सक्ने खबर अगाडी आएको छ ।

नोकिया ५.२ ह्यान्डसेटको कुरा गर्दा यो बजेट स्मार्टफोन हुने छ र यसमा १६ मेगापिक्सेलको प्राइमरी क्यामरा रहने छ । यस स्मार्टफोनमा बजेट प्रोसेसर क्वालकम स्न्यापड्रयागन ६३२ प्रोसेसर हुने छ । यस फोनको डिस्प्ले ६.२ इन्च को हुन सक्ने छ ।

नोकिया १.३ एन्ट्री लेभलको स्मार्टफोन हुने छ । जसलाई कम्पनी एन्ड्रोएड १० सँगै लन्च गर्ने छ । यस स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको सेल्फी क्यामरा हुन सक्ने छ ।

कम्पनीले यसलाई एन्ड्रोयड गो भर्जनमा लन्च गर्न पनि सक्नेछ । जसलाई गूगलले एन्ट्री लेभलको स्मार्टफोनको लागी तयार गरेको हो ।

गएको वर्ष पनि मोबाइल वल्र्ड कांग्रेसमा नोकियाले पेन्टा लेन्स सेटअप रहेको स्मार्टफोन लन्च गरेको थियो । यस बाहेक कम्पनीले अन्य धेरै स्मार्टफोनहरु लन्च गरेको थियो । एजेन्सी

easy care

प्रकाशित: १७ माघ २०७६, शुक्रबार